News Portal

भेडेटारमा फुट फेस्टिवल, भारतीय पर्यटकको घुइचो

हिमालीसंचार संवाददाता
२०९ पटक

धरान – धनकुटाको भेडेटारमा प्रत्येक नयाँ वर्षका दिन भरिभराउ हुने भेडेटार यसवर्ष पनि भरिभराउ भएको छ । नयाँ वर्ष सन् २०२२ सालको अवसरमा होटल एशोसिएशन भेडेटारले आयोजना गरेको नवौं फुड फेस्टिवलमा सहभागीको घुइचो बढेको छ भने छिमेकी राष्ट भारतबाट पर्यटक ह्वात्तै बढेको छ।

विगतको २ वर्षमा कोरोनाको महामारीले पर्यटक भित्र्याउन नसकेको भेडेटार यसवर्ष भने अंग्रेजी नयाँ बर्ष सन् २०२२ सालको पहिलो दिन नै पर्यटकहरुको भीड बढेको छ । त्यसमा पनि भारतीय पर्यटकहरुको उल्लेख्य रुपमा भेडेटार आएकाले भेडेटारका व्यवसायीहरु उत्साहित छन् ।

होटल एशोसिएशन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीका अनुसार शनिबार मात्रै १० हजारको हाराहारीमा पर्यटकहरु भेडेटार घुम्न आएका छन् । त्यसमा भारतीय पर्यटकहरुको संख्या पनि राम्रो भएको उनले बताए । ‘आज ८, १० हजार पर्यटकहरु भेडेटारमा नयाँ बर्ष मनाउन आए, भारतीय पर्यटकहरु पनि राम्रो संख्यामा छन्,’उनले भने,‘हिजो शुक्रबारदेखि नै भेडेटारका होटल, लजहरु प्याक छन् ।’

शनिबार दिनभर जसो भेडेटार क्षेत्रमा ट्राफिक जाम रह्यो । स्वदेशी तथा विदेशी पर्यटकहरु गाडीसहित भेडेटार पुगेको कारण जाम भएको थियो । साँझ तिर पर्यटकहरु फर्कन थालेपछि मात्र सहज भएको ट्राफिक इञ्चार्ज राजन श्रेष्ठले जानकारी दिए । उनले भने,‘साँझतिर फर्कन थालेपछि सहज भयो ।’ भेडेटारमा व्यवस्थित पार्किङको अभावले पनि पार्किङका लागि समस्या हुने गरेको छ ।

धनकुटाको भेडेटारमा शुक्रबारदेखि फुड फेस्टिवल शुरु भएको छ । फेस्टिवलमा आउने पर्यटकहरुलाई होटल तथा लजहरुले १० प्रतिशत छुट दिएका छन् भने जिपलाइनमा १५ प्रतिशत र प्याराग्लाइडिङमा ३० प्रतिशत छुट दिएका छन् । तीन दिने फेस्टिवलमा २० देखि ३० हजार पर्यटकहरु भेडेटार घुम्न आउने छन् भने करिब १ करोड बराबरको कारोबार हुने आयोजकको अपेक्षा छ ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...