News Portal

  • रंगेली नगरपालिकाको सिसि क्यामेरा बिग्रेको महिनौ बितिसक्दा समेत मर्मत भएन

    हिमालीसंचार संवाददाता
    १६७ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिकाले जडान गरेको सिसि क्यामरा बिग्रिएको ९ महिना बितिसक्दा समेत मर्मत हुन सकेको छैन ।

    नगरपालीकाले नगरको सुरक्षाको लागि सिसि क्यामरा जडान गरेर बेला बेलामा क्यामरा मर्मत नगर्दा पुर्ण रुपमा सिसि क्यामरा बिग्रिए पछि शान्ति सुरक्षामा थप समस्या पर्ने थालेको छ। नगरले सुरक्षाको लागि नगर परिसर  भित्र  कालीमन्दिर अगाडी, भाेटुवावु चाेक रंगेली बसपार्कमा    डाईनिया जाने बाटो माेरिया पुल र भन्सार छेउमा जडान गरेको सिसि क्यामेरा संचालनमा ल्याएको थियो ।  

    नगरको फितलो व्यवस्थापनका कारण समयमै क्यामरा मर्मत सम्भार नहुदा  नगर भित्र आसपासमा अपराध नियन्त्रण, दुर्धटना, चाेरी लगायतका गतिविधि नियन्त्रण गर्ने थप समस्या परेको प्रहरीले जनाएको छ । नगरले अपराधिक गतिविधि नियन्त्रणका लागि सिसि क्यामरा जडान गरेको भएता पनि त्यसको समयमै मर्मत सम्भार नहुदा कागलाई बेल पाक्यो हर्सन बिस्मत भएको छ। 

    ईलाका प्रहरी कर्यालयल रंगेलीलाई निगरानीका लागि मोनिटर सहित जिम्मेवारी दिएता पनि सिसि क्यामरा बिगत ९ महिनादेखि बिग्रेका कारण उपकरण नै बिग्रिने अवस्थामा पुगेको छ ।  हुलाकी सडक निर्माणकार्य गर्नका लागि बिधुत पोल  ठाउँ सार्ने कार्य भएको सात महिना बितिसक्दा समेत सिसि क्यामरा भने संचालनमा  आउन सकेको छैन । 

    नगरको सुरक्षाको लागि सिसि क्यामरा जडान गरेता पनि सिसि क्यामराको सदुपयोग नहुदा अपराध गतिविधि समेत बड्ने सम्भावना समेत बढदै गएको छ। ईलाका प्रहरी कार्यालय रंगेलीको संचार शाखामा हार्ड डिक्स र मनिटर जडान गरेर  संचार शाखाबाट मनिटर गर्ने व्यवास्था मिलाईएको भएता पनि क्यामरा संचालनमा नआउदा बेकामे समेत बनेको छ । 

    विगत ६ महिना अगाडि नगरपालिकामा सुचान अधिकृत सन्जय गुप्ताका अनुसार अबको  केही दिन पछि सिसि क्यामरा संचालनमा ल्याउने भनिएता पनि ६ महिना बितिसक्दा समेत क्यामरा संचालनमा आउन सकेको छैन । सोही बिषयमा समचार तयार पार्नका लागि सुचना अधिकृत गुप्तालाई बारम्बार फोन सम्पर्क गर्दे उनको फोन सम्पर्क हुन सकेका छैन।  

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    थारु आयोगमा विवाद चरममा : सदस्य शान्तिदेवी मोदीले कार्यवाहक अध्यक्ष सुबोधसिंह थारुलाई कोठामै थुनेर चाबी लगाइन्

    काठमाडौं, साउन १८ – राज्यको संवैधानिक निकायमध्ये एक, थारु आयोगभित्र अभूतपूर्व घटना घटेको छ। आयोगकी...

    सिंहदरबारमा सत्ता पक्षको गोप्य बैठकले बढायो शंका : ‘कुलिङ पिरियड’ प्रावधानमा देखिएको त्रुटिको छानबिन अन्तिम चरणमा

    काठमाडौं, साउन १८ – संघीय निजामती सेवा विधेयकमा समावेश गरिएको विवादास्पद ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानले संसदमा...

    समावेशीता कुनै कामको कुरा होइन, राजनीतिक पदकै लागि मात्र हो : प्रधानमन्त्री ओली

    काठमाडौं, साउन १८ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा उल्लेख गरिएको समावेशीता नीतिप्रति कडा टिप्पणी...

    दक्षता र ईमान्दारिताको खडेरी परेको देश – कमला थापा

    २०८२ साउन १८ गते। कुलिन परिवारका कान्छा सदस्य नवयूवराज हृदयेन्द्र शाह आफ्नो आमाको साथ कर्णालीको...

    मिडिया काउन्सिल विधेयकप्रति प्रेस सेन्टर नेपालको आपत्ति : संशोधन नभए चरणबद्ध आन्दोलनको चेतावनी

    काठमाडौं, साउन १८ – प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यतासँग खेलबाड भएको आरोप लगाउँदै प्रेस सेन्टर...