
विराटनगर – प्रदेश १ पूर्वमुख्यमन्त्री शेरधन राईले सरकारी गाडी फिर्ता गरेका छन् । उनी पदमुक्त भएका चार महिनापछिमात्रै सरकारी गाडी फिर्ता गरेका हुन् । मुख्यमन्त्रीबाट हटे पनि सरकारी सेवासुविधा उपभोग गर्दै आएको भन्दै प्रदेश नं. १ मा राईको तीव्र आलोचना भइ रहेको थियो ।
राईले काठमाडौंमा गाडी फिर्ता गरेको प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले बताएका छन् । मुख्यमन्त्रीको पदावधि सकिएपछि सेवासुविधाको विषयमा भने प्रदेश सरकारले अहिलेसम्म कुनै कानुन बनाएको छैन । राईले गत भदौमा मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । उनले को १ झ ५६५ नम्बरको गाडी प्रयोग गर्दै आएका थिए ।