News Portal

किरात राई यायोक्खा मकाउद्वारा साकेला उधौली चाड भव्य रुपमा सम्पन्न

“हैखामा शीलीदेखि लिएर चासुम शीलीसम्म प्रदर्शन!”

हिमालीसंचार संवाददाता
५६३ पटक

मकाउ – किरात समुदायको महान चाड साकेला उधौली चाड मकाउमा गठीत किरात राई यायोक्खा मकाउद्वारा आयोजित कार्यक्रम मकाउमा गठीत अन्य जातिय संघसंस्थाका प्रतिनिधि,  लगायदका अन्य महानुभावहरुको सौहार्दपूर्ण उपस्थितिमा भव्य रुपमा सम्पन्न गरेको छ।

किरात राई यायोक्खा मकाउका अध्यक्ष राकेश राईको अध्यक्षतामा आयोजित कार्यक्रममा महासचिव सन्जिब कोयी राईले औपचारिक कार्यक्रम संचालन गर्न किरात राई यायोक्खा मकाउका विशेष सल्लाहकार कृष्ण याम्फु शेम्पा राईलाई अनुरोध गरी कार्यक्रम संचालन गर्न प्रदान गरेसंगै कार्यक्रमले औपचारिकता पाएको थियो।

किरात समुदायले साकेला उधौली चाड गत पौष ४ गते परेको भए पनी किरात राई यायोक्खा मकाउले हिजो एक कार्यक्रमको आयोजना गरी भव्यरुपमा उधौली चाड मनाएको हो। नेपाल आदिबासी जनजाति महासंघ मकाउका अध्यक्ष भीमकुमार राई (किराती) एवम् किरात राई यायोक्खा मकाउका अध्यक्ष राकेश राई लगायद आमन्त्रित अतिथिहरुले संयुक्त रुपमा दिप प्रज्वलन गरी कार्यक्रम उद्धाटन गरिएको थिए। 

किरात राई यायोक्खा मकाउले मकाउको हाक्सा विच बिबिक्यू स्पोर्ट (साकेला पार्क) नाम दिएका स्थलमा आयोजना गरेको कार्यक्रम उद्धाटनसंगै साकेला शीली मोपा रक्षादल राई र शीली मोमा रीता राई (लिम्बु) को नेतृत्वमा विभिन्न आधा दर्जन शीली प्रस्तुत गरी सामुहिक रुपमा साकेला नाच समेत नाचिएको थियो। 

विश्वभर किरात राई समुदायले बर्षको दुई पटक साकेला उधौली चाड र साकेला उभौली चाड मनाउदै आएका छन् । हैखामा (बोखामा) शीली प्रदर्शनदेखि लिएर चासुङ (चासुम) शीलीसम्म प्रदर्शन गरिएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...