News Portal

किरात राई यायोक्खा मकाउद्वारा साकेला उधौली चाड भव्य रुपमा सम्पन्न

“हैखामा शीलीदेखि लिएर चासुम शीलीसम्म प्रदर्शन!”

हिमालीसंचार संवाददाता
५२१ पटक

मकाउ – किरात समुदायको महान चाड साकेला उधौली चाड मकाउमा गठीत किरात राई यायोक्खा मकाउद्वारा आयोजित कार्यक्रम मकाउमा गठीत अन्य जातिय संघसंस्थाका प्रतिनिधि,  लगायदका अन्य महानुभावहरुको सौहार्दपूर्ण उपस्थितिमा भव्य रुपमा सम्पन्न गरेको छ।

किरात राई यायोक्खा मकाउका अध्यक्ष राकेश राईको अध्यक्षतामा आयोजित कार्यक्रममा महासचिव सन्जिब कोयी राईले औपचारिक कार्यक्रम संचालन गर्न किरात राई यायोक्खा मकाउका विशेष सल्लाहकार कृष्ण याम्फु शेम्पा राईलाई अनुरोध गरी कार्यक्रम संचालन गर्न प्रदान गरेसंगै कार्यक्रमले औपचारिकता पाएको थियो।

किरात समुदायले साकेला उधौली चाड गत पौष ४ गते परेको भए पनी किरात राई यायोक्खा मकाउले हिजो एक कार्यक्रमको आयोजना गरी भव्यरुपमा उधौली चाड मनाएको हो। नेपाल आदिबासी जनजाति महासंघ मकाउका अध्यक्ष भीमकुमार राई (किराती) एवम् किरात राई यायोक्खा मकाउका अध्यक्ष राकेश राई लगायद आमन्त्रित अतिथिहरुले संयुक्त रुपमा दिप प्रज्वलन गरी कार्यक्रम उद्धाटन गरिएको थिए। 

किरात राई यायोक्खा मकाउले मकाउको हाक्सा विच बिबिक्यू स्पोर्ट (साकेला पार्क) नाम दिएका स्थलमा आयोजना गरेको कार्यक्रम उद्धाटनसंगै साकेला शीली मोपा रक्षादल राई र शीली मोमा रीता राई (लिम्बु) को नेतृत्वमा विभिन्न आधा दर्जन शीली प्रस्तुत गरी सामुहिक रुपमा साकेला नाच समेत नाचिएको थियो। 

विश्वभर किरात राई समुदायले बर्षको दुई पटक साकेला उधौली चाड र साकेला उभौली चाड मनाउदै आएका छन् । हैखामा (बोखामा) शीली प्रदर्शनदेखि लिएर चासुङ (चासुम) शीलीसम्म प्रदर्शन गरिएको थियो।

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...