News Portal

किरात राई यायोक्खा बेलायतले भूमि पुजा, साकेला उधौली चाड धुमधाम सम्पन्न ग’यो

“विश्वभर साकेला उधौली चाडको रौनक, अझै चहलपहल”

हिमालीसंचार संवाददाता
५५० पटक

बेलायत – किरात राई समुदायको महान चाड साकेला उधौलीको अबसरमा विश्वभरका किरात समुदायले आफ्नो समय अनुसार विश्वभर साकेला उधौली चाड मनाई रहदा किरात राई यायोक्खा बेलायतले पनी गत डिसेम्बर २६ तारिख आइतबार किरात हाउस ग्याम्बल लेन किरात हाउस चुला पुजा पश्चात भूमि पुजा गरी साकेला उधौली चाड भव्य रुपमा मनाएका छन् ।

किरात राई यायोक्खा बेलायतले सन् २०१४ सालमा ३ लाख ५० हजार पाउण्डमा करिब ८ हेक्टर प्लस जग्गा खरिद गरिएको सामुहिक जग्गामा रहेको ठुलो रुखलाई आधार मानेर भूमे थान प्रतिस्थापन गरिएको स्थानमा भूमि पुजा गरी येलेदोङ ५०८१ औ साकेला उधौली चाड सम्पन्न गरिएको किरात राई यायोक्खा बेलायतका अध्यक्ष मेजर योगेश कोयी राईले हिमालीसंचारडटकमसंग बताए। 

कोभिड -१९ नया ओमिक्रोनले ग्रसित, जाडो मौसमका प्रतिकूल समयमा समेत बेलायतभरका प्रारम्भिक कार्यसमितिका प्रतिनिधिहरु, संरक्षक सदस्यहरु, बुद्धिजिबी महानुभाव, बोर्ड अफ डाईरेक्टर, नक्छो र पुर्खा सहितको किरात समुदायको विशेष व्यक्तित्वहरुको सौहार्द पूर्ण उपस्थितिमा करिब १ सय जनाको संख्यामा विधिपूर्वक साकेला उधौली चाड सम्पन्न गरिएको हो। 

आयोजित कार्यक्रममा चुला पुजा, भूमि पूजा गर्न अगाडी बिहान अध्यक्ष मण्डल, निर्वाचन मण्डलले आठौ महाधिवेशन पश्चात नया कार्यसमितिलाई बुझबुझारत समेत गरेको थियो।

भर्खरै सम्पन्न आठौ महाधिबेसनमा निर्वाचन मण्डलका अध्यक्षता किरात राई यायोक्खा केन्द्रिय कार्यसमिति नेपालका पूर्व अध्यक्ष डा. सुममाया राईले गरेका थिए भने अध्यक्ष मण्डलको अध्यक्षता किरात राई यायोक्खा केन्द्रिय कार्यसमिति नेपालका पूर्व अध्यक्ष यशोदा राईले गरेका थिए । साकेला उधौली चाड कार्यक्रम दुई भागमा सम्पन्न भएको थियो । प्रभात्कालिन पहिलो कार्यक्रम आठौ महाधिबेसनका अध्यक्ष मण्डलका अध्यक्ष यशोदा राईको अध्यक्षतमा भएको थियो भने दोश्रो कार्यक्रम किरात राई यायोक्खा  बेलायतका नबनिर्बाचित अध्यक्ष मेजर योगेश कोयी राईको अध्यक्षतमा सम्पन्न भएको थियो। 

पहिलो कार्यक्रम अन्तरगत नया कार्यसमितिलाई पदस्थापन, धोषणा पत्र, सुझाब पत्र, संस्थाका सबै कागज पत्र सहित आर्थिक हिसाव किताव बुझबुझारत समेत भएको थियो । दोस्रो कार्यक्रम अन्तरगत निर्वाचन मण्डललाई धन्यबाद सहित पुरानो कार्यसमितिलाई विदाई गरिएको थियो। 

कार्यक्रमका अन्त्यमा नक्छोङ द्वय किताबशेर राई, टाइटेक्स राई र पुर्खा दिल बहादुर राईको विशेष उपस्थितिमा चुला पुजा, भूमे पुजा गरेर विधिवत रुपमा साकेला शीली नाच्दै उधौली चाडको अबसरमा भव्यरुपमा कार्यक्रम सम्पन्न गरिएको थियो। साकेला उधौली चाडको अबसरमा उपस्थित महानुभावहरुले एक आपसमा शुभकामना आदान प्रदान गरेर विहान ११ः०० बजेदेखि शुरु भएको कार्यक्रम अपराह्न ४ः०० बजेसम्म औपचारिक रुपमा संचालन भएको थियो। तथापी एक आपसमा शुभकामना आदान प्रदान गरी अन्य रमझम सहित किरात हाउस ग्याम्बल लेन किरात हाउसमा रातको ११ः०० बजेसम्म कार्यक्रम भएको थियो।

आयोजित कार्यक्रममा नक्छोङ द्वय किताबशेर राई, टाइटेक्स राई र पुर्खा दिल बहादुर राई रहनु भएको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष मेजर योगेश कोयी राईले उपस्थित महानुभावहरुलाई विशेष धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन गरिएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...