News Portal

किरात याक्थुङ चुम्लुङ हङकङको चासोक तङनाम कार्यक्रम सम्पन्न

हिमालीसंचार संवाददाता
३१३ पटक

युवा राई/हङकङ – किरात याक्थुम चुम्लुङ हङकङले चासोक तङनाम एक कार्यक्रमको आयोजना गरी याक एण्ड यती रेष्टुरेन्ट बार जोर्डन स्थित संस्थाका कार्यबाहक अध्यक्ष शमशेर तुम्बाहाङफेको अध्यक्षतामा सम्पन्न गरेको छ।

आयोजित कार्यक्रममा किरात याक्थुङ चुम्लुङ हङकङका उपाध्यक्ष शेर बहादुर लक्सम्बाले स्वागत मन्तव्य राखेका थिए । कोराना महामारीको कारण गत साल स्थगित गरिएको चासोक तङनाम यस बर्ष एक कार्यक्रमको आयोजना गरी भव्य रुपमा इनडुवरमा सम्पन्न गरिएको हो। आयोजित कार्यक्रममा महावाणिज्यदूत उदय बहादुर राना मगरको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। 

आयोजित कार्यक्रममा आफ्नो धारणा राख्दै राजदूत राना मगरले संविधानले दिएको अधिकार कार्यन्वयन हुनु पर्ने बताएका थिए। संविधनले प्रत्येक नेपाली समुदायको मौलिक भेषभूषा, चाड, संस्कृतिको सरंक्षण र सुरक्षित गरेको छ। 

त्यस्तै, अन्य अतिथिहरु चेम्बर अफ कमर्श हङकङका अध्यक्ष डासुराम पराजुली, एनआरएनए हङकङका अध्यक्ष गोकर्ण ढकालले पनि अबको समय सह-अस्तित्ववादलाई स्वीकार्दै अगाडि बढेमा मात्रै  नेपालको भलो हुने, देश बिकासले छलाङ मार्न धारणा राखेका थिए। याक्थुङ केलाङ समूहबाट केलाङ नृत्य प्रस्तुत गरेर  कार्यक्रमको रौनकता थप रोमाञ्चक भएको थियो। 

आदिवासी जनजाति माहासंघ हङकङका कार्यबाहक अध्यक्ष कृष्ण राज लावतीले किरात याक्थुङ चुम्लुङ हङकङले स्थपना कालदेखि चासोक अहिलेसम्म चासोक तङनाम कसरी मनाइदै आइएको थियो भन्ने विषयमा स्पष्ट पारेका थिए। किरात याक्थुङ चुम्लुङ हङकङका सल्लाहकार भुपेन्द्र चेम्जोङले चासोक तङनाम के हो र किन मनाइन्छ भन्ने बारे प्रष्ट आफ्नो धारणा राखेका थिए। 

हङकङ नेपाली महासघका अध्यक्ष रिता गुरुङ, किरात राई यायोख्खा हङकङ अध्यक्ष चन्द्रका राईले चासोकको शुभकामना दिएका थिए। किरात याख्खा छुम्मा हङकङका प्रतिनिधि कुमारी याख्खाको पनि उपस्थिति रहेको थियो। 

कार्यवाहक अध्यक्ष शमशेर तुम्बाहाङफेले सबै एक भएर जान आग्रह गरेका तुम्बाहाङफेले उपस्थित सम्पूर्ण महानुभाव, सहयोगी कलाकार, समितिका सदस्य र पत्रकार मित्रहरूलाई किरात याक्थुङ चुम्लुङ हङकङको तर्फबाट हार्दिक आभार प्रकट गर्दै चासोक तङनाम कार्यक्रमको समापन गरेका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...