News Portal

सप्तरीमा अर्को हत्या: बिहानै खेतमा गएकी महिलाको घाँटी रेटिएको शव फेला

हिमालीसंचार संवाददाता
३१९ पटक

सप्तरी। सप्तरी जिल्लामा घाँटी रेटेर एक महिलाको हत्या भएको छ। छिन्नमस्ता गाउँपालिका-१ बरहीबिरपुरमा आज बिहान स्थानीय ५५ वर्षीया भुतनीदेवी यादवको घाँटी रेटेर हत्या भएको हो।

बिहानै घरबाट खेतमा गएकी यादवको घाँटी रेटिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। हत्याराको पहिचान नभएको र कारण पनि नखुलेको स्थानीय शुभनारायण यादवले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेका अनुसार घटनास्थलमा प्रहरी पुगिसकेको छ। ‘प्रारम्भिक अनुसन्धानले हत्या भएको नै भएको देखिन्छ, थप अनुसन्धान सुरु गरेका छौँ’, उनले  भने। यसअघि गएको मंसिर ८ गते पनि छिन्नमस्ता-६ मा ८१ वर्षीय वृद्धको पनि घाँटी रेटि हत्या भएको थियो।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...