News Portal

सप्तरीमा अर्को हत्या: बिहानै खेतमा गएकी महिलाको घाँटी रेटिएको शव फेला

हिमालीसंचार संवाददाता
२८९ पटक

सप्तरी। सप्तरी जिल्लामा घाँटी रेटेर एक महिलाको हत्या भएको छ। छिन्नमस्ता गाउँपालिका-१ बरहीबिरपुरमा आज बिहान स्थानीय ५५ वर्षीया भुतनीदेवी यादवको घाँटी रेटेर हत्या भएको हो।

बिहानै घरबाट खेतमा गएकी यादवको घाँटी रेटिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। हत्याराको पहिचान नभएको र कारण पनि नखुलेको स्थानीय शुभनारायण यादवले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेका अनुसार घटनास्थलमा प्रहरी पुगिसकेको छ। ‘प्रारम्भिक अनुसन्धानले हत्या भएको नै भएको देखिन्छ, थप अनुसन्धान सुरु गरेका छौँ’, उनले  भने। यसअघि गएको मंसिर ८ गते पनि छिन्नमस्ता-६ मा ८१ वर्षीय वृद्धको पनि घाँटी रेटि हत्या भएको थियो।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...

आज २०८२ साल पुष ४ गतेको राशिफल

आज पुष ४, २०८२ (डिसेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...