
रबिन्द्र बराल/मोरङ – सूचना सम्बृद्घि बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको ९ औं साधारणसभा सम्पन्न गरिएको छ। रंगेली नगरपालिका-७ स्थित मेलिना गेष्ट हाउसमा सभाहलमा बार्षिक साधारणसभा गर्दा संस्थाले दुई पत्रकार समेत सम्मानित गरिएको हो ।
आर्थिक बर्ष ७७/७८ सालको आयव्यय प्रस्तुत समेत संस्थाका सचिव सरोज मंण्डलले गरेका थिए । संस्थाको कुल २ करोड १७ लाख ३९ हजार ३ सय ४४ रुपैया लगानी रहेको छ । संस्थाले ७३ लाख ६६ हजार ४२ रुपैयाँ कूल आम्दानी गरी कुल खर्च ७३ लाख १० हजार ७ सय २७ रुपैया गरेको छ । संस्थाले ७७ हजार ६ सय ७ रुपैया शुद्ध मुनाफा समेत गरेको छ । संस्थामा ५ सय ११ जना शेयर सदस्य रहेका छन ।
संस्थाले रंगेली नगरपालिका, सुनवर्सी नगरपालिका, क्षेत्रमा कृषि फाईनान्सलाई वितिय कारोवार गर्दे आइरहेको छ । सो अवसरमा सस्थाले मकालु टेलिभिजनका रंगेली रिपोटर दिलिप अग्रवाल, र एभिन्युज टेलिभिजन मोरङका रिपोटर एवम् हिमालीसंचारडटकमका रबिन्द्र बराललाई समेत संस्थाले सम्पन्न गरिएको थियो ।
कार्यक्रममा उत्कृष्ट बचतकर्ता, ऋणीहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैक बिराटनगर शाखा प्रमुख प्रभु पाेख्रेल सहित अतिथिहरुमा सद्भाव बचतका अध्यक्ष कमलेश्वर ठाकुर, स्थानीय अमित यादव लगायत विभिन्न संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई संबोधन गर्दे अतिथिहरुले गाउँ घरमा रहेको सहकारीले गरिव र आर्थिक स्थित न्यून भएको घरपरिवारलाई सस्तो व्याजदरका ऋण उपलब्ध गराएको मा धन्यवाद समेत दिएका छन । सहकारीका अध्यक्ष सिनाेद झाको सभापतित्वमा कार्यक्रम सम्पन भएको थियो।