
रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगर भित्रका सडक अनुसाशन पालन तथा सवारी दुर्धटना न्युनिकरणका लागि ट्राफिक प्रहरीले सप्ताह जनचेतनामूलक कार्यक्रम गत पौष ४ गतेदेखि १० गतेसम्म एक कार्यक्रमको आयोजनका गरेर सम्पन्न भएको छ ।
प्रदेश नम्बर १ भित्रका १४ जिल्ला भरका सम्पुर्ण युनिटलाई निर्देशन दिएसंगै आजदेखि सप्ताह कार्यक्रम सम्पन्न भएको हो । सोही क्रममा रंगेली अस्थाई ट्राफिक चेकले पनि विभिन्न कार्यक्रमको आयोजना गर्दे ट्राफिक सप्ताह मनाएको छ । मोरङको रंगेली चेक पोष्टले साता दिन भित्र रंगेली बिराटनगर सडकमा गुडने सार्वजनिक बसमा यात्रुहरुसंग यी सवारी साधनका चालक तथा सहचालकहरुले यात्रुहरु प्रति गर्ने व्यवहार तथा बसमा अपांग, महिलाहरुको सिटको व्यवस्थापन र भाडा दर सम्बन्धि महत्वपूर्ण कुराहरुको समेत जानकारी लिएका थियो ।
सोही क्रममा माउन्ट मकालु बोर्डिङ स्कुलमा रहेको बिधार्थीहरुलाई समेत ट्राफिक सम्बन्धि जनचेतनामूलक जानकारी दिईएको थियो।आन्तरिक मामिला कानुन मन्त्रालय तथा १ नम्बर प्रदेश ट्राफिक कार्यालयको आयोजनामा साप्तह कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरीका प्रहरी निरिक्षक चन्द्र बहादुर खड्काले बताए ।
उनले भने आफुहरुले साता दिनमा सडक सुशासन, सडक दुर्घटना न्युनीकरण गर्ने विभिन्न संध संस्थाहरुको सहयोगमा सप्ताह कार्यक्रम गर्ने सफल भएको खड्काले जानकारी दिए । त्यसैगरी रंगेलीको मुख्य चोकमा रहेको कालिमंन्दिरको प्राङ्गणमा टेम्पु, सिटिसफारी तथा बस चालकहरुलाई एक दिने स्वास्थ्य परिक्षण आँखाको समेत परिक्षण समेत गरेका थिए ।
स्वास्थ्य परिक्षणमा टाईम्स अस्पताल तथा सिद्धाथ अस्पतालका अहेवा र डाक्टरहरुले चालकहरुको स्वास्थ्य परिक्षण समेत गरेको अस्थाई ट्राफिक चेक पोष्टकाका प्रमुख निलमिण पाेख्रेलले बताए ।
पछिल्लो समय मोरङ जिल्लामा ट्राफिक प्रहरीले सवारी चेक जाँचका क्रममा माेटरसाईकल, टेम्पु सार्वजनिक वस तथा ट्याक्टरहरुको मात्र चेक-जाँच हुदै आईरहेता पनि ट्राफिक प्रहरीले निजि कार, मारुती तथा सरकारी नम्बर प्लेटका सवारी साधनहरुलाई भने कुनै पनि चेक जाँच नगरि छाडिने गर्दा माेटरसाईकल चालकहरुले भने आफूहरुलाई मात्रै ट्राफिक प्रहरीले दुख दिने गरेको र चिल्ला सरकारी गाडिहरुलाई चेक जाँच नगरि छाडने गरेको आरोप समेत लगाउदै आएका थिए।