News Portal

ललिता निवास जग्गा प्रकरणका भुमाफिया सुवेदी दम्पतीलाई ५ दिन थुनामा राख्न अदातलतको आदेश

हिमालीसंचार संवाददाता
३३७ पटक

काठमाडौं। चर्चित ललिता जग्गा प्रकरणका भुमाफिया भनिएका रामकुमार सुवेदी र उनकी श्रीमती माधवी सुवेदी मंगलबार राति पक्राउ परेका थिए। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले मंगलबार राति सुवेदी दम्पत्तिलाई स्वयम्भुबाट पक्राउ गरेको हो।

सिआईबीेले उनीहरुलाई बुधबार म्याद थपका लागि जिल्ला काठमाडौैं अदातलतमा उपस्थित गराएको थियो। अदालतले दुवैजनालाई पाँच दिन थुनामा राख्न अनुमति दिएको हो।

सरकारी जग्गा हिनामिना प्रकरणमा तत्कालिन भोगाधिकारी सुवर्णशमशेर परिवारसँग मिलेर सरकारी जग्गा हत्याउन सुवेदीले विचौलियाको काम गरेको प्रहरीले आरोप लगाएको छ।

सुवेदीले ४ वटा सरकारको पालामा उच्चपदस्थ राजनीतिक व्यक्ति, कर्मचारी, मन्त्रालयका सचिव, मालपोत अधिकृत र अन्य भुमाफियासँग मिलेर १३६ रोपनी भन्दा बढी जग्गा हडपिएको अनुसन्धानले पुृष्टि गरेपनि उनी हालसम्म फरार थिए।

सुवेदी दम्पत्तिसहित ११० जनाविरुद्ध सोही जग्गा प्रकरणमा बिगो कैद सहित जग्गा फिर्ता माग दाबीसहित अख्तियारले मुद्दा दायर गरेको थियो।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...