
रबिन्द्र बराल/मोरङ – मोरङको रंगेलीमा एक नाबालिकाको हत्या गरेको आरोपमा रंगेली प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका २ नहर टोलका ४६ बर्षीय सैनी उराउ र ३५ वर्षीया संगीता उराउ छन् । गत मंसिर २६ गते साँझ रंगेली-२ नहर टोलबाट हराएकी चन्द्र उराउकी २१ महिनाकी छोरी युनिसा उराउको शव दुइ दिनपछि घर पछाडि पैनीमा गाडेको अवस्थामा भेटिएको थियो । उनको हत्या गरी शव गाडेको प्रहरीको आशंका छ ।
घटनाको अनुन्धानका क्रममा ती दुवैजनाको समलग्नता देखिएको प्रहरीले जनाएको छ । आइतबार पक्राउ परेका दुवैजनालाई मोरङ जिल्ला अदालतबाट कर्तव्य ज्यान कसूरमा पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक अनमोल खड्काले बताए ।