आज : २०२६-०६-२०, शनिबार

संखुवासभामा श्रीमतीको हत्या गर्ने एक युवक पक्राउ

नवराज राई/संखुवासभा – संखुवासभा जिल्लामा आफ्नै श्रीमतीको हत्यामा समलग्न भएको आरोपमा एक युवा पक्राउ परेका छन्।

जिल्लाको पाँचखपन नगरपालिका वडा नम्बर ३ की बिष्णु माया  राईको हत्यामा समलग्न उनकै श्रीमान दिपन राईलाई प्रहरीले पक्राउ  गरेको हो। २० बर्षीय बिष्णु माया सोमबार राती आफ्नै घरमा  मृत फेला  परेकी  हुन् । 

अनुसन्धानका क्रममा आफ्नै श्रीमतीको हत्यामा समलग्न भएको पाईएपछि अभियुक्त राईलाई पक्राउ गरिएको प्रहरीको भनाई रहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  मृतकको शव पोस्टमार्टमका लागि बीपी कोईराला स्वास्थ्या बिज्ञान प्रतिस्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।