News Portal

सुपर टाइफून ‘राई’ हङकङमा प्रवेश गर्यो, तर कमजोर भएर जाने छः अब्जर्भेटरी

हिमालीसंचार संवाददाता
२२१ पटक

युवा राई/हङकङ –  सुपर टाइफून ‘राई’ हङकङमा सोमवार विहान प्रवेश गरेको सूचना हङकङ अब्जर्भेटरीले जारी गरेको छ।फिलिपिन्समा सुपर टाइफून ‘राई’ले मच्याएको वितण्ड हङकङ अब्जर्भेटरीका अनुसार उष्णकटिबंधीय चक्रवात सिग्नल नम्बर १ विहान ११ः२० बजेदेखि हङकङ प्रवेश गरेको हो।

फिलिपिन्समा दर्जनौंको ज्यान लिएको समुद्री आँधी सुपर टाइफून ‘राई’ हङकङसम्म आइपुग्दा कम्जोर देखिएको छ। सुपर टाइफून ‘राई’ कमजोर भएर गए पनि हावा अझै बलियो छ। सुपर टाइफून राई दक्षिण चीनको सागर उत्तरी भाग हुँदै आज र भोलि कमजोर हुँदै जाने बताईएको छ ।

हङकङमा जाडोको समयमा यस्ता टाइफून ज्यादै कम मात्रामा आउने गरेको विज्ञहरुले बताएका छन् । सन् १९६१ सालपछि यस प्रकारको टाइफून आएको यो चौंथो पटक हो। उष्णकटिबंधीय चक्रवात चेतावनीको रेकर्ड तोड्दै राई इतिहासकै डिसेम्बर महिनाको दोस्रो आँधी हो। 

हङकङ अब्जर्भेटरीका कार्यवाहक वरिष्ठ वैज्ञानिक निर्देशक येउङ क्वोक चुङले सन् १९४६ सालको युद्धपछि डिसेम्बरमा उष्णकटिबंधीय चक्रवातको चेतावनी जारी गरेको यो पहिलो पटक भएको बताएका छन् । 

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...