News Portal

  • क्रिकेट रंगशाला निर्माणबाट पछि हट्यो धुर्मुस-सुन्तली फाउण्डेसन

    स्वामित्व लिनको लागि भरतपुर महानगरलाई अनुरोध

    हिमालीसंचार संवाददाता
    १६८ पटक

    काठमाडौं – निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको कामबाट धुर्मुस-सुन्तली फाउण्डेसन पछि हटेको छ। फाउण्डेसनले भरतपुर महानगरपालिकालाई स्वामित्व लिनका लागि अनुरोध गरेको छ। आर्थिक संकलन हुन नसकेपछि महानगरपालिकासँग सम्झौतामा उल्लेख भएअनुसार स्वामित्व हस्तान्तरण गर्न लागेको हो।

    फाउण्डेसनले संस्थागत निर्णय गरी कोभिड-१९ को प्रकोपका कारण आर्थिक स्रोत जुटाउनका लागि जटिल र विषम परिस्थिति उत्पन्न भई निर्माण कार्य विगत पाँच महिनादेखि रोकिएकाले सहमति पत्रमा उल्लेख भए अनुसार स्वामित्व लिन अनुरोध गरेको हो। 

    फाउण्डेसनले महानगरलाई लेखेको पत्रमा भनिएको छ, ‘फाउण्डेसन र भरतपुर महानगरपालिकाबीच भएको सहमतिपत्रको बुँदा नं ८ मा उल्लेख भएअनुसार विश्वव्यापी महामारी कोभिड– १९ का कारण विशेष परिस्थिति उत्पन्न भई आर्थिक स्रोत अभाव भएकाले तोकिएको समयमा रंगशाला निर्माण कार्य कठिनाइ भएको छ।’ सम्झौतामा विशेष परिस्थिति उत्पन्न भएमा निर्माणकै क्रममा स्वामित्व हस्तान्तरण गर्नसक्ने उल्लेख छ। 

    सामान्य अवस्थामा निर्माण सम्पन्न गरी महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गर्ने जनाइएको छ। महानगरपालिका प्रमुख रेनु दाहालले फाउण्डेसनले कोभिड–१९ का कारण निर्माण सम्पन्न गर्न कठिन भएको भन्दै स्वामित्व हस्तान्तरणका लागि अनुरोध गरेको बताइन्। यस लगत्तै महानगरपालिकाको कार्यपालिका बैठकबाट निर्णय गरी आवश्यक प्रक्रिया अघि बढाइएको उनले बताइन्।

    यस सम्बन्धमा युवा तथा खेलकूद मन्त्री महेश्वरजंग गहतराजसँग परामर्श गरी काम अघि बढाइएको दाहालले बताइन्। महानगरले फाउण्डेसनलाई काम अघि बढाउन वा सम्झौता अनुसार स्वामित्व हस्तान्तरण गर्न भनेपछि फाउण्डेसन पछि हटेको हो। 

    उनका अनुसार फाउण्डेसनले महानगरमा पेश गरेको विवरण सरकारी तवरबाट जाँचबुझ गरी मन्त्रालयमार्फत् मन्त्रिपरिषदमा पठाएर तिर्नुपर्ने भुक्तानी तिर्नका लागि प्रक्रिया अघि बढाइँदै छ। बाँकी कामका लागि बहुवर्षीय योजना अन्तर्गत बोलपत्र आह्वान गरी काम अघि बढाउन महानगरले सङ्घीय सरकारलाई अनुरोध गरेको दाहालले जानकारी दिइन्। उनले भनिन्, ‘मन्त्रिपरिषद्ले जे निर्णय गर्छ सोही अनुसार काम गर्न हामी तयार छौं।’

    भरतपुर महानगरपालिकाको महत्वपूर्ण आयोजना भएकाले यसलाई निरन्तरता दिएर सम्पन्न गर्न आफू लागि परेको दाहालको भनाइ छ। महानगरपालिकाले नै त्रिभुवन र कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग समन्वय गरेर सो जग्गा रंगशालाका लागि उपलब्ध गराएको हो। 

    फाउण्डेसनले नेतृत्व गरेको भए पनि अधिकांश आर्थिक सहयोग जुटाउन महानगरपालिकाको प्रत्यक्ष भूमिका रहेको छ। उनले थपिन्, ‘रंगशाला सम्पन्न हुन्छ।’ फाउण्डेसनले १७ करोड रुपैयाँभन्दा बढी ऋण तिर्न बाँकी रहेको महानगरलाई अनुरोध गरेको पत्रमा उल्लेख छ। 

    महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले कार्यपालिकाको बैठकले निर्णय गरी फाउण्डेसनले पेस गरेको विवरणको आर्थिक र प्राविधिक पक्षको अध्ययनका लागि सघन सहरी तथा भवन निर्माण आयोजना भरतपुरमा पठाएको छ। 

    यसैगरी नेपाल चार्टर एकाउन्टेन्ट संस्थामा आर्थिक अध्ययनका लागि पठाइँदै छ। दुवै निकायबाट जाँचबुझपछि खेलकुद मन्त्रालय हुँदै मन्त्रिपरिषद् बैठकमा पठाउने तयारी गरिएको हो। सुवेदीले नेपाल सरकारको नीतिनियम अनुसार आवश्यक प्रक्रिया पुर्‍याएर रंगशाला निर्माणको कामलाई पूर्णता दिने बताए। 

    आर्थिक अभावका कारण विगत पाँच महिनादेखि रंगशाला निर्माणको काम हुनसकेको छैन। उधारो आर्थिक व्ययभार बढ्दै गएको र आर्थिक सङ्कलन हुन नसकेको  भन्दै काम रोकिएको हो। फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले चरम आर्थिक सङ्कटबाट गुज्रिएपछि काम रोक्नुपरेको बताउँदै आएका थिए।

    उनले जनस्तरबाट रकम उठ्ने सम्भावना पनि नभएको र सरकारले नदिएका कारण आर्थिक सङ्कट आएको बताए। रङ्गशालाको भौतिक पूर्वाधारको ३५ प्रतिशत काम सकिएको फाउण्डेसनको दाबी छ। रङ्गशालामा अहिलेसम्म ५४ करोड ६२ लाख २१ हजार रुपैयाँ खर्च भइसकेको यसअघि नै फाउण्डेसनले दाबी गरेको थियो। 

    रङ्गशाला सम्पन्न गर्न तीन अर्ब रुपैयाँ हाराहारी खर्च हुने अनुमान गरिएको छ। रंगशालाको विसं २०७५ माघ १६ गते काठमाडौंमा तत्कालीन प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीको उपस्थितिमा भरतपुर महानगरसँग विशेष सम्झौता भई काम अघि बढाइएको थियो। रासस 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    विद्या भण्डारी समूहले बानेश्वरमा खोले सम्पर्क कार्यालय, तीन दशकअघिको घरमै फेरि गुञ्जिने राजनीति

    काठमाडौं, साउन २२ – पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) नेतृ विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशसँगै उनको...

    रुपन्देही कारागारमा रवि भेटेपछि बाबुरामको टिप्पणी : “पत्रिका पढ्नसमेत नदिइएको अचम्म लाग्यो”

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का...

    भूपरिवेष्टित राष्ट्रहरूको सम्मेलनमा प्रधानमन्त्री ओलीको जोड : ‘पूर्वाधार, सम्पर्क सञ्जाल र पारवहनमै विकासको मूल चाबी’

    तुर्कमेनिस्तान, साउन २२ – नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित विकासशील राष्ट्रहरूको हितका लागि पूर्वाधार सुदृढीकरण,...

    बौद्ध खुकुरी काण्डः दुई युवक पक्राउ, घाइतेको वीर अस्पतालमा उपचार जारी

    काठमाडौं, साउन २२ – काठमाडौंको बौद्ध क्षेत्रमा केही दिनअघि घटेको खुकुरी आक्रमण प्रकरणमा संलग्न भएको...

    केटा साथीको घरमा गएकी किशोरीको रहस्यमय मृत्यु

    काठमाडौं, साउन २२ – ललितपुरको महालक्ष्मी नगरपालिका–३, बोझेपोखरीमा एक १८ वर्षीया किशोरीको रहस्यमय परिस्थितिमा ज्यान...