News Portal

प्रदेश नम्बर १ को नाम किरात राख्दा भुगोल र सभ्याताको अस्तित्व रहन्छ – किराया अध्यक्ष राजेन्द्र राई

हिमालीसंचार संवाददाता
२६३ पटक

प्रदेश नम्बर १ को नाम किरात नै उपयुक्त हुने किरात राई यायोक्खा सुनसरी अध्यक्ष राजेन्द्र राईले बताएका छन । धरान १५ स्थित दुमी किरात राई फन्सिकिम दुमकिम धरानको १५ औँ साधरण सभा तथा उधौली साकेला कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष राईले बताएका हुन् ।

प्रदेश १ सभ्याता र भुगोलको हिसाबले किरात सभ्याता र भुगोलमा पर्ने भएकोले पनि सभ्याता र भुगोललाई सम्मान गर्दै किरात नै प्रदेश १ को नाम उपयुक्त रहेको दाबी गरेका हुन् । किरात शब्द किराती समुदाय मात्र नभएर यो भुगोलको पहिचानलाई समेट्ने भएकोले किरात बहुपहिचान शब्द हो यसर्थमा पनि प्रदेश १ को नाम किरातको हक लाग्छ ।

यो आउँदो हिउँदे अधिवेशन भन्दा अगाडी नै प्रदेश १ को नाम किरात राखौँ अभियानलाई अझ शसक्त रुपमा अघि बढाउन सम्पुर्ण किरातजन्य संघ संस्थालाई अध्यक्ष राईले आग्रह गरेका थिए । अध्यक्ष राईले गैह्र किराती समुदायहरुलाई अनुरोध गर्दै भने किरात जातीलाई भन्दा पनि भुगोल र सभ्यातालाई सम्बोधन गर्ने नाम भएकोले गैह्र किराती समुदायलाई पनि यो नामले समेट्ने भएकालेले यो अभियानमा ऐकेबद्धता जनाउनुहोस ।

दुमी किरात राई फन्सिकीमको साधरण सभा तथा उधौली साकेला कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित भएको अध्यक्ष राईले दुमिहरु पनि किरात प्रदेश अभियानको लडाईमा सरिक हुन तयार रहन आग्रह गरेका थिए । 

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा राईले पछिल्लो समय भाषा र संस्कार जाति लोप हुँदै गएको अवस्थामा दुमीले आफ्नो जाति, संस्कार र भाषालाई जगेर्ना गर्न संगठित भएकोमा दुमि समुदायलाई धन्यवाद दिँदै किरात राई यायोक्खा दुमिको यो अभियानलाई जस्तो पनि साथ सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे । 

किरात राई यायोक्खाले २८ भाषी राईहरुलाई एकीकृत गरेको छ। यसको लागि दुमी फन्सिकिम जस्ता सबै पाछागत संस्थाको ठुलो भुमिका रहेको अध्यक्ष राईले बताएका राईले विषेश गरेर प्रदेश १ नामाङ्करणलाई जोड दिँदै आज हुने साकेला कार्यक्रममा यस विषयको उठान गर्ने उनले बताए । 

जसरी २८ भाषी राईहरु किरात राई यायोक्खामा संगठित भएर किरात राईहरुको अस्तित्वको लागि लडिरहेको छ। अब सम्पुर्ण किरात समुदाय तथा गैह्र किरात समुदायहरु यो भुगोलको अस्तित्व जोगाउन किरात प्रदेशको लागि एकजुट हुनु आवश्यक भएको उनले बताए । उनले भने यो राष्ट्रिय राजनितिक मुद्दाको रुपमा स्थापित भएको छ । यसलाई सही दिशामा ल्याउन किरात राई यायोक्खा आफ्नो स्थानबाट सतिसाल भएर उभिने उनले आश्वसन दिएका थिए। अबको किरात राई यायोक्खा प्रमुख आन्दोलन मध्येमा किरात प्रदेश नामाङ्कन पनि रहने र यो आन्दोलनलाई अग्रपंक्तिमा अगाडी बढाउने अध्यक्ष राईले प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...