News Portal

  • प्रदेश नम्बर १ को नाम किरात राख्दा भुगोल र सभ्याताको अस्तित्व रहन्छ – किराया अध्यक्ष राजेन्द्र राई

    हिमालीसंचार संवाददाता
    २०० पटक

    प्रदेश नम्बर १ को नाम किरात नै उपयुक्त हुने किरात राई यायोक्खा सुनसरी अध्यक्ष राजेन्द्र राईले बताएका छन । धरान १५ स्थित दुमी किरात राई फन्सिकिम दुमकिम धरानको १५ औँ साधरण सभा तथा उधौली साकेला कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष राईले बताएका हुन् ।

    प्रदेश १ सभ्याता र भुगोलको हिसाबले किरात सभ्याता र भुगोलमा पर्ने भएकोले पनि सभ्याता र भुगोललाई सम्मान गर्दै किरात नै प्रदेश १ को नाम उपयुक्त रहेको दाबी गरेका हुन् । किरात शब्द किराती समुदाय मात्र नभएर यो भुगोलको पहिचानलाई समेट्ने भएकोले किरात बहुपहिचान शब्द हो यसर्थमा पनि प्रदेश १ को नाम किरातको हक लाग्छ ।

    यो आउँदो हिउँदे अधिवेशन भन्दा अगाडी नै प्रदेश १ को नाम किरात राखौँ अभियानलाई अझ शसक्त रुपमा अघि बढाउन सम्पुर्ण किरातजन्य संघ संस्थालाई अध्यक्ष राईले आग्रह गरेका थिए । अध्यक्ष राईले गैह्र किराती समुदायहरुलाई अनुरोध गर्दै भने किरात जातीलाई भन्दा पनि भुगोल र सभ्यातालाई सम्बोधन गर्ने नाम भएकोले गैह्र किराती समुदायलाई पनि यो नामले समेट्ने भएकालेले यो अभियानमा ऐकेबद्धता जनाउनुहोस ।

    दुमी किरात राई फन्सिकीमको साधरण सभा तथा उधौली साकेला कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित भएको अध्यक्ष राईले दुमिहरु पनि किरात प्रदेश अभियानको लडाईमा सरिक हुन तयार रहन आग्रह गरेका थिए । 

    कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा राईले पछिल्लो समय भाषा र संस्कार जाति लोप हुँदै गएको अवस्थामा दुमीले आफ्नो जाति, संस्कार र भाषालाई जगेर्ना गर्न संगठित भएकोमा दुमि समुदायलाई धन्यवाद दिँदै किरात राई यायोक्खा दुमिको यो अभियानलाई जस्तो पनि साथ सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे । 

    किरात राई यायोक्खाले २८ भाषी राईहरुलाई एकीकृत गरेको छ। यसको लागि दुमी फन्सिकिम जस्ता सबै पाछागत संस्थाको ठुलो भुमिका रहेको अध्यक्ष राईले बताएका राईले विषेश गरेर प्रदेश १ नामाङ्करणलाई जोड दिँदै आज हुने साकेला कार्यक्रममा यस विषयको उठान गर्ने उनले बताए । 

    जसरी २८ भाषी राईहरु किरात राई यायोक्खामा संगठित भएर किरात राईहरुको अस्तित्वको लागि लडिरहेको छ। अब सम्पुर्ण किरात समुदाय तथा गैह्र किरात समुदायहरु यो भुगोलको अस्तित्व जोगाउन किरात प्रदेशको लागि एकजुट हुनु आवश्यक भएको उनले बताए । उनले भने यो राष्ट्रिय राजनितिक मुद्दाको रुपमा स्थापित भएको छ । यसलाई सही दिशामा ल्याउन किरात राई यायोक्खा आफ्नो स्थानबाट सतिसाल भएर उभिने उनले आश्वसन दिएका थिए। अबको किरात राई यायोक्खा प्रमुख आन्दोलन मध्येमा किरात प्रदेश नामाङ्कन पनि रहने र यो आन्दोलनलाई अग्रपंक्तिमा अगाडी बढाउने अध्यक्ष राईले प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    विद्या भण्डारी समूहले बानेश्वरमा खोले सम्पर्क कार्यालय, तीन दशकअघिको घरमै फेरि गुञ्जिने राजनीति

    काठमाडौं, साउन २२ – पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) नेतृ विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशसँगै उनको...

    रुपन्देही कारागारमा रवि भेटेपछि बाबुरामको टिप्पणी : “पत्रिका पढ्नसमेत नदिइएको अचम्म लाग्यो”

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का...

    भूपरिवेष्टित राष्ट्रहरूको सम्मेलनमा प्रधानमन्त्री ओलीको जोड : ‘पूर्वाधार, सम्पर्क सञ्जाल र पारवहनमै विकासको मूल चाबी’

    तुर्कमेनिस्तान, साउन २२ – नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित विकासशील राष्ट्रहरूको हितका लागि पूर्वाधार सुदृढीकरण,...

    बौद्ध खुकुरी काण्डः दुई युवक पक्राउ, घाइतेको वीर अस्पतालमा उपचार जारी

    काठमाडौं, साउन २२ – काठमाडौंको बौद्ध क्षेत्रमा केही दिनअघि घटेको खुकुरी आक्रमण प्रकरणमा संलग्न भएको...

    केटा साथीको घरमा गएकी किशोरीको रहस्यमय मृत्यु

    काठमाडौं, साउन २२ – ललितपुरको महालक्ष्मी नगरपालिका–३, बोझेपोखरीमा एक १८ वर्षीया किशोरीको रहस्यमय परिस्थितिमा ज्यान...