News Portal

हङकङमा एक नेपाली युवाद्वारा लुटपाट, प्रहरीले थप अनुसन्धान गर्दै

हिमालीसंचार संवाददाता
१९७ पटक

युवा राई/हङकङ – गत बुधबार चिमसा चुईको अस्टिन रोडस्थित एउटा सेभेन इलिभेन पसलमा एक नेपाली युवाले लुटपाट गरेको प्रहरीले बताएको छ । दुईजना युवा पेय पदार्थ किन्ने बहानामा पसलभित्र प्रवेश गरेर काउन्टरमा पुगेका थिए। जब महिला क्लर्कले नगद बक्स खोलिन् तब दुईले आफ्नो फोल्डिंग चक्कु देखाएर करिब ८ सय ४० हङकङ डलर लुटेर भागेका थिए।

क्लर्क महिलाको बायाँ पाखुरामा चोट लागेको थियो । घटनालाई डकैतीको रूपमा वर्गीकृत गरेर हङकङ प्रहरीले अनुसन्धान थालेका केही समयमा अपराध गर्ने एक युवा पक्राउ परेका हुन् । हङकङ सथित याउ सिम जिल्ला प्रहरीको अपराध अनुसन्धान टोलीले सीसीटीभि फूटेजको गहिरो अनुसन्धान गरेर अपराधीको खोजीमा लागेको थिए। 

प्रहरीले घटनामा संलग्न ४३ वर्षीय एक नेपालीलाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेका नेपाली हङकङ आईडी होल्डर भएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार अपराधको बेला लगाएका कपडा सहित ६ सय डलर प्रहरीले बरामद समेत गरेको छ। प्रहरीका अनुसार उनी लागुऔषधको बानी परेका निर्माण मजदुर हुन् । उनले लागुऔषधका लागि पैसा लुटेको स्वीकार गरेका छन्।

प्रहरीले घटनामा संलग्न अर्को नेपालीको खोजी गरिरहेको जनाएको छ। प्रहरीले अपराधीलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने बताएको छ। प्रहरीले लुटपाट गम्भीर अपराध बताउदै यस्तो अपराधको बाटोमा नलाग्न सर्वसाधरण समक्ष अनुरोध समेत गरेको छ ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...