News Portal

हङकङ- नेपाली व्यापार संघको दोस्रो अधिवेशन तथा साधारण सम्पन्न, अध्यक्षमा पुनः प्रकाश चयन

हिमालीसंचार संवाददाता
१७१ पटक

युवा राई/हङकङ – हङकङ नेपाली व्यापार संघ लिमिटेडको दोस्रो अधिवेशन तथा साधारण सभा प्रकाश पुनको सभापतित्वमा सम्पन्न भएको छ। दोस्रो अधिवेशनबाट अध्यक्ष पदमा पुन: प्रकाश पुन नै दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

नया कार्यसमितिमा अध्यक्ष प्रकाश पुन, बरिष्ठ उपाध्यक्ष कविता गुरूड, उपाध्यक्ष सुमन थापा, महासचिव अर्जुन गौचन, सचिव भेषमनि श्रेष्ठ, कोषाध्यक्ष टिका माया श्रेष्ठ, सहकोषअध्यक्ष करूण श्रेष्ठ, सदस्यहरु सुरज श्रेष्ठ, सन्तोष कुमार गुरूड, ज्ञानेन्द्र थापा, अनिता गुरूड रहेका छन् । 

आयोजित कार्यक्रमको प्रमुख अतिथि नेपाली महावाणिज्य दुताबासका राजदूत उदय बहादुर राना मगर, विशेष अतिथिहरुमा काउलुन चेम्बर अफ कमर्शका अध्यक्ष होमेर यु, नेपाल एयरलाईन्सका कन्ट्री म्यनेजर नवराज उपाध्य, एनआरएएन हङकङका अध्यक्ष गोकर्ण ढाकल, हङकङ नेपाली महासंघका अध्यक्ष रिता गुरुङ, चेम्बर अफ कर्मस हङकङका अध्यक्ष डासुराम पराजुली, एफएनसीआईका हङकङ सदस्य कृष्ण पान्डे एवम् अतिथिहरूमा मगर संघ हङकङका अध्यक्ष हेम थापा, थाकाली सेवा समिति हङकङका अध्यक्ष हर्क नारायण तुलाचन, तामाङ घेदुङ संघका अध्यक्ष रमेश मुक्तान, हङकङ अल्पसंख्यक नेपाली संगठनका अध्यक्ष शिला घामला, नेपाली महिला संघ हङकङका महासचिव अनु राई, क्षेत्री समाज हङकङका प्रतिनिधि राजेन्द्र थापा  लगायद रहेका थिए। 

त्यस्तै, हङकङमा व्यवसायिक अतिथिहरू प्रितम श्रेष्ठ, वेद खड़क, नुतन खड़क, कमल पौडेल, धरम गुरूड, अनिता गुरूड लगायदका उपस्थिति रहेको थिए। 

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...