News Portal

  • हङकङ- नेपाली व्यापार संघको दोस्रो अधिवेशन तथा साधारण सम्पन्न, अध्यक्षमा पुनः प्रकाश चयन

    हिमालीसंचार संवाददाता
    ११३ पटक

    युवा राई/हङकङ – हङकङ नेपाली व्यापार संघ लिमिटेडको दोस्रो अधिवेशन तथा साधारण सभा प्रकाश पुनको सभापतित्वमा सम्पन्न भएको छ। दोस्रो अधिवेशनबाट अध्यक्ष पदमा पुन: प्रकाश पुन नै दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

    नया कार्यसमितिमा अध्यक्ष प्रकाश पुन, बरिष्ठ उपाध्यक्ष कविता गुरूड, उपाध्यक्ष सुमन थापा, महासचिव अर्जुन गौचन, सचिव भेषमनि श्रेष्ठ, कोषाध्यक्ष टिका माया श्रेष्ठ, सहकोषअध्यक्ष करूण श्रेष्ठ, सदस्यहरु सुरज श्रेष्ठ, सन्तोष कुमार गुरूड, ज्ञानेन्द्र थापा, अनिता गुरूड रहेका छन् । 

    आयोजित कार्यक्रमको प्रमुख अतिथि नेपाली महावाणिज्य दुताबासका राजदूत उदय बहादुर राना मगर, विशेष अतिथिहरुमा काउलुन चेम्बर अफ कमर्शका अध्यक्ष होमेर यु, नेपाल एयरलाईन्सका कन्ट्री म्यनेजर नवराज उपाध्य, एनआरएएन हङकङका अध्यक्ष गोकर्ण ढाकल, हङकङ नेपाली महासंघका अध्यक्ष रिता गुरुङ, चेम्बर अफ कर्मस हङकङका अध्यक्ष डासुराम पराजुली, एफएनसीआईका हङकङ सदस्य कृष्ण पान्डे एवम् अतिथिहरूमा मगर संघ हङकङका अध्यक्ष हेम थापा, थाकाली सेवा समिति हङकङका अध्यक्ष हर्क नारायण तुलाचन, तामाङ घेदुङ संघका अध्यक्ष रमेश मुक्तान, हङकङ अल्पसंख्यक नेपाली संगठनका अध्यक्ष शिला घामला, नेपाली महिला संघ हङकङका महासचिव अनु राई, क्षेत्री समाज हङकङका प्रतिनिधि राजेन्द्र थापा  लगायद रहेका थिए। 

    त्यस्तै, हङकङमा व्यवसायिक अतिथिहरू प्रितम श्रेष्ठ, वेद खड़क, नुतन खड़क, कमल पौडेल, धरम गुरूड, अनिता गुरूड लगायदका उपस्थिति रहेको थिए। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    विद्या भण्डारी समूहले बानेश्वरमा खोले सम्पर्क कार्यालय, तीन दशकअघिको घरमै फेरि गुञ्जिने राजनीति

    काठमाडौं, साउन २२ – पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) नेतृ विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशसँगै उनको...

    रुपन्देही कारागारमा रवि भेटेपछि बाबुरामको टिप्पणी : “पत्रिका पढ्नसमेत नदिइएको अचम्म लाग्यो”

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का...

    भूपरिवेष्टित राष्ट्रहरूको सम्मेलनमा प्रधानमन्त्री ओलीको जोड : ‘पूर्वाधार, सम्पर्क सञ्जाल र पारवहनमै विकासको मूल चाबी’

    तुर्कमेनिस्तान, साउन २२ – नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित विकासशील राष्ट्रहरूको हितका लागि पूर्वाधार सुदृढीकरण,...

    बौद्ध खुकुरी काण्डः दुई युवक पक्राउ, घाइतेको वीर अस्पतालमा उपचार जारी

    काठमाडौं, साउन २२ – काठमाडौंको बौद्ध क्षेत्रमा केही दिनअघि घटेको खुकुरी आक्रमण प्रकरणमा संलग्न भएको...

    केटा साथीको घरमा गएकी किशोरीको रहस्यमय मृत्यु

    काठमाडौं, साउन २२ – ललितपुरको महालक्ष्मी नगरपालिका–३, बोझेपोखरीमा एक १८ वर्षीया किशोरीको रहस्यमय परिस्थितिमा ज्यान...