News Portal

केपिलासगढी गाउँपालिकाले जीप तथा बसको भाडा निर्धारण गर्यो

हिमालीसंचार संवाददाता
१८९ पटक

दिर्गसिहं राई/बाक्सिला – खोटाङको केपिलासगढी गाउँपालिकाको केन्द्र बाक्सिलाबाट छुट्ने लामो तथा छोटो दुरीको सार्वजनिक जीप तथा बसको भाडा निर्धारण गरिएको छ । गाउँ कार्यपालिका र यातायात व्यवसायीको संयुक्त बैठकले केपिलासगढी गाउँपालिका–४ बाक्सिलाबाट छुट्ने सार्वजनिक जीप तथा बसको भाडा निर्धारण गरिएको छ।

केपिलासकढी गाउँपालिका अध्यक्ष कृष्णकुमार राईको अध्यक्षतामा बसेको बैठकले जीपबाट बाक्सिला–काठमाडौं लागि एकतर्फी जनही २ हजार ५ सय, बाक्सिला–कटारी–धरानका लागि २ हजार ७ सय, बाक्सिला गाईघाट–धरानका लागि २ हजार ४ सय भाडा निर्धारण गरेको छ ।

यस्तै, बाक्सिला–हुर्लुङका लागि ६ सय, बाक्सिला–दिक्तेलका लागि ७ सय, बाक्सिला–थर्पुका लागि १ सय, बाक्सिला–आम्बोटेका लागि १ सय ५०, बाक्सिला–जालपाका लागि ३ सय ५०, बाक्सिला–महुरेका लागि ७ सय, बाक्सिला–अर्खौलेका लागि ८ सय ५०, बाक्सिला–हलेसीका लागि १ हजार, बाक्सिला–च्यास्मीटारका लागि १ हजार ३ सय, बाक्सिला–जयरामका लागि १ हजार ४ सय भाडा निर्धारण गकिएको हो। 

बाक्सिला–हिलेपानीका लागि १ हजार ५ सय, बाक्सिला–घुर्मीका लागि १ हजार ६ सय, बाक्सिला–रसुवाका लागि १ हजार ५ सय, बाक्सिला–गाईघाटका लागि २ हजार, बाक्सिला–बेलटारका लागि २ हजार २ सय र बाक्सिला–कटारीका लागि २ हजार १ सय रुपैयाँ भाडा निर्धारण गरिएको गाउँपालिकाले जनाएको छ ।

यस्तै, बसमा बाक्सिला–हुर्लुङका लागि ५ सय, बाक्सिला–दिक्तेलका लागि ६ सय, बाक्सिला थर्पुका लागि १सय, बाक्सिला–आम्बोटेका लागि १ सय ५० र बाक्सिला–जालपाका लागि ३ सय रुपैयाँ भाडा निर्धारण गरिएको गाउँपालिकाको कार्यलयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...