News Portal

पत्रकार डेकेन्द्र थापाको हत्या भएको १७ वर्षपछि तीन आरोपीलाइ जन्मकैदको फैसला

हिमालीसंचार संवाददाता
४७० पटक

विष्णु शर्मा, दैलेख। पत्रकार डेकेन्द्रराज थापाको हत्या भएको १७ वर्षपछि हत्यामा संलग्न मुख्य आरोपी मध्येका ‘अरुण’ भन्ने बमबहादुर खड्का सहित तीन जनालाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ।

जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासबाट सो फैसला भएको हो। १७ वर्षपछि दुल्लु नगरपालिका–६ छिउडीपुसाकोटका ४१ वर्षीय बम बहादुर खड्कालाई सो सजाय भएको हो।

उनीसँगै ९ जना विरुद्ध जाहेरी परेपछि पक्राउ पर्ने डरले लुकीछिपी बस्दै आएका खड्कालाई २ वर्ष अघि कैलाली प्रहरीले पक्राउ गरी दैलेख पठाएको थियो।

डेकेन्द्र हत्या प्रकरणको मुख्य अभियुक्त रहेका खड्कालाई दैलेख जिल्ला अदालतमा बुझाएपछि मुल्तबीमा रहेको मुद्दा जगाउँदै २०७६ फागुन २१ गते गरेको थुनछेक बहसपछि त्यही दिन दैलेख कारागार चलान गरेको थियो।

हत्यामा संलग्न अन्य दुई जनालाइ २० वर्ष जन्मकैदको फैसला भएको श्रेस्तेदार उपसचिव इन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो। दुईजना अहिलेपनि फरार छन्।

सशस्त्र युद्धको बेला २०६१ साउन २७ गते नौमुलेको द्वारीमा माओवादी कार्यकर्ताहरुले विद्यालयको भवनमा उल्टो झुन्डाएर मरणासन्न हुने गरी कुटेर पत्रकार थापाको हत्या गरेका थिए।

प्रतिकृया दिनुहोस्

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...