News Portal

प्रेम आले जस्तो मन्त्री वायुसेवा निगमले हालसम्म पाएकै थिएन : क्याप्टेन लामा

हिमालीसंचार संवाददाता
२८७ पटक

काठमाडौं – क्याप्टेन विजय लामाले पर्यटनमन्त्री प्रेम आलेले नेपाल वायुसेवा निगमको सुधारका लागि राम्रो थालनी गरेको भन्दै प्रशंशा गरेका छन् । मन्त्री आलेका साथै कार्यकारी अध्यक्ष युवराज अधिकारीको सक्रियताले आज निगम ‘डेन्जरस गुड क्यारियर’ भएको भन्दै यो धेरै राम्रो प्रगति भएको बताएका छन् ।

क्याप्टेन लामाले विभिन्न अरु कामहरुको सुरुवाती पनि गराई सकेको भन्दै उनले मन्त्री आलेबाट ठूलो आशा पलाएको बताएका छन् । निगमले हालैमात्रै खतराजन्य वस्तु बोक्ने अनुमति पाएपछि लामाले यस्तो टिप्पणी गरेका हुन् ।

लामाले सामाजिक सञ्जालमा लेखेका छन्ः ‘मेरो साडे तीन दसकको कार्यकालमा धेरै पर्यटन मन्त्रीहरुका साथै कार्यकारी अध्यक्षहरु देखे र हर्कतहरु पनि भोगे! कोइ गफैमा सिमित रहे भने कोइ नामको लागि मात्र, कोइ मौका पाएर पनि केही गर्न नसकी समय फ्याल्नेमा परे भने कोइ भत्काउनको लागि मात्र आएको पाए, कोइ अरु वायुसेवाको एजेन भएर आए। फेरि यसो भन्दा सबै नै त्यही दर्जामा राख्न खोजेको होइन!!’ भनेका छन् । 

लामाले थप भनेका छन्ः ‘नेपालवायु सेवा निगमलाई बनाउनु पर्छ भन्ने सुगत कन्साकार ज्यु जस्ता पनि तीन तीन पटक आए तर हराए… तर दृढ इच्छा शक्ति भएका नेतृत्व कमै देखे । सबैले नेवानी सुधार गर्न खोजे, मन्त्र जपे पनि प्रगति हुन सकेन।’

तर भनिन्छ समय सधै एकनास हुदैन… अहिले आशा लाग्दो कामको शुरुआत भएको छ… स्थापना भएको ६३ बर्ष सम्म हामीले खतराजन्य वस्तु बोक्ने अनुमति लिन नसकेर हामीले ठुलो ब्यवसाय गुमाएका थियौं।’ उनले खुशी ब्यक्त गरेका छन् ।

वर्तमान मन्त्री प्रेम बहादुर आले ज्यु तथा कार्यकरी अध्यक्ष युबराज अधिकारी ज्युको सक्रियताले आज हामी खतरनाक समान बोक्ने अनुमति पाएका छौ। यो धेरै राम्रो प्रगति हो। साथै विभिन्न अरु कामहरुको सुरुवाति पनि गराई सक्नु भएकाले पनि ठूलो आस पलाएको छ। बधाई छ हामी सबैलाई! धन्यवाद मन्त्री प्रेम बहादुर आले ज्यु र नेपाल वायु सेवा निगमको अध्यक्ष युबराज अधिकारी ज्युलाई! जय चन्द्र सुर्य!’ भनेका छन् । 

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...