News Portal

  • गाउँगाउँ किन डुल्दैछन् बाबुराम भट्टराई ?

    हिमालीसंचार संवाददाता
    १५३ पटक

    काठमाडौं। हिजोआज पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई राजधानी काठमाडौँमा कमै भेटिन्छन्। उनी कहिले गृहजिल्ला गोरखाको गाउँघर डुलिरहेका हुन्छन्। कहिले दाङ, बुटवलतिर भेटिन्छन्। जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा.भट्टराईले नियमित जसो जनताको घरदैलो चाहर्दै गरेका तस्बिर सामाजिक सञ्जालमा पोस्ट्याउँछन्। र उनी आलोचनाको ‘ईस्यु’ बन्छन्।

    आलोचनालाई पचाएर भट्टराई जनताको घरदैलोमा पुग्न छाडेका छैनन्। पूर्वप्रधानमन्त्री भट्टराई पार्टीको संगठन सुदृढीकरण तथा जनपरिचालन ‘सुज’ अभियान लिएर देश दौडाहामा छन्।

    यही अभियान लिएर उनी बिहीबार साँझ तनहुँ आए। तनहुँमा उनले शुक्लागण्डकी नगरपालिका–९ घारी मालेबगरमा एक रात दलित समुदायको घरमा बिताए। पत्नी हिसिला यमीसहित आएका भट्टराईले आकाश नेपालीको घरमा एक रात बिताएका हुन्।

    प्रधानमन्त्री हुँदाको बखत नै दलित समुदायको घरमा बास बस्ने गरेका थिए। स्थानीय नेता कार्यकर्ताको हुल लिएर पुगेका भट्टराई दलित समुदायको घरमा बसे पनि बिहीबार साँझ र शुक्रबार बिहानको खानापानको व्यवस्था पार्टीले नै गरेको थियो।

    बिहीबार साँझ डा.भट्टराईले शुक्लागण्डकी नगरपालिका–९ मा जनता समाजवादी पार्टी वडा कमिटीको कार्यालयको उद्घाटन गरे। जसपा अब निर्वाचनमा होमिएको छ है भन्ने सन्देश स्पष्ट प्रवाह गरिरहेका छन्।

    शुक्रबार बिहान डा.भट्टराई र गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले शुक्ला गण्डकीका दुई स्थानमा भेटघाट र छलफल गरे। शुक्लागण्डकी नगरपालिका–८ लालिममा भएको भेटघाट डा.भट्टराईले जनताको समस्या जनताको घरदैलोमा पुगेर बुझ्नलाई आफुले अभियान चलाएको सुनाए।

    भट्टराईले यो देशलाई सम्बृद्धिको यात्रामा लैजान पुराना शक्तिले नसक्ने टिप्पणी गरे। केपी ओलीले पञ्चायतशैली देखाइरहेको उनको आरोप छ।
    डा.भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली लागु नभएसम्म मुलुकमा राजनीतिक स्थिरता कायम नहुने दोहोर्याए। सत्ता साझेदार दलको गठबन्धन आगामी निर्वाचनसम्म रहने उनको दाबी छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    मदन भण्डारी फाउन्डेसनको भविष्यबारे प्रधानमन्त्री ओलीको अन्योल

    काठमाडौं, साउन २६ – प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसनको आगामी...

    भारतमा विपक्षी सांसदहरूको प्रदर्शन, राहुल गान्धीसहित नेताहरू पक्राउ

    काठमाडौं, साउन २६ — भारतको नयाँदिल्लीमा विपक्षी सांसदहरूले निर्वाचनमा भएको अनियमितताको विरोध गर्दै निर्वाचन आयोगको...

    रवि लामिछानेको धरौटी निवेदनविरुद्ध न्याय परिषदमा उजुरी, गैरकानुनी दर्ता गरेको आरोप

    काठमाडौं, साउन २६ — रवि लामिछानेले जिल्ला अदालत रूपन्देहीमा दिएको धरौटी निवेदनविरुद्ध न्याय परिषदमा उजुरी...

    रवि लामिछानेको कारागार कोठामा एसी र खुला झ्याल छैन: मानव अधिकार आयोगको तथ्याङ्क

    रुपन्देही, साउन २६ — राष्ट्रिय मानवअधिकार आयोगको टोलीले रुपन्देही कारागारमा गएर अनुगमन गरेको छ ।...

    रवि लामिछाने कारागारको अनुगमन गर्न मानव अधिकार आयोग टोली भैरहवामा

    भैरहवा, साउन २६ — राष्ट्रिय मानव अधिकार आयोगसहितको टोली पूर्वगृहमन्त्री रवि लामिछाने राखिएको भैरहवाको कारागारको...