News Portal

‘यो प्रदेशमा किरातीहरुको हकदाबी लाग्छ’ – मुख्यमन्त्री राई

हिमालीसंचार संवाददाता
२३३ पटक

धरान – प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले प्रदेशको नामकरण पहिचानको आधारमा हुने धारणा व्यक्त गरेका छन् । उनले यो प्रदेशमा किरातीहरुको हक लाग्ने भन्दै प्रदेशको नाम किरातसँग सम्बन्धित हुने पनि संकेत गरेका थिए।

किरात राई यायोक्खा जिल्ला कार्यासमिति सुनसरीको ९ औं अधिवेशनको उद्घाटन समारोहलाई शुक्रबार धरानमा सम्बोधन गर्दै प्रमुख अतिथिसमेत रहेका मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । उनले भाषा, साँस्कृति, जातिको उपस्थितिलाई लिएर नै नाम राख्ने चलन भएको उल्लेख गर्दै प्रदेश नं १ मा आदिमकालदेखि सबैभन्दा पहिला बसोबास गर्ने र सभ्यताको शुरुवात किरात समुदायले गरेका हुनाले यस प्रदेशमा किरातीहरुको हकदाबी लाग्ने पनि बताए । ‘यो भुमीमा सबभन्दा पहिला बसोबास गरे, सभ्यताको शुरुवात गरे, बञ्जर भुमीलाई बस्न योग्य बनाए । यो देशमा दाबी गर्नसक्छन्, तर कम्तीमा यो प्रदेश किरातीहरुको हकदाबी लाग्छ, ’मुख्यमन्त्री राईले भने ।

मुख्यमन्त्री राईका अनुसार मानव सभ्यताहरु नदी किनारबाट नै शुरुवात भएपनि नदीले शुरुवात गरेको नभै मानिसहरुले नै शुरुवात गरेको धारणा राखे । उनले कोशी नामकरण र कोशी सभ्यताबारे टिप्पणी गर्दै त्यो सभ्यताको शुरुवात पनि मानिसहरुले नै गरेको र त्यहाँका सबभन्दा पुराना मानिसहरु किराती भएको बताए । ‘किरात सबभन्दा पुरानो हो, किरात सभ्यता समृद्ध छ, शिष्ट र सँस्कारयुक्त सभ्यता छ,’उनले भने ।

आफु पहिचानबाट नै प्रदेशको नामकरण गर्ने पक्षमा रहेको दाबी गर्दै उनले प्रदेशसभामा भने पहिचान पक्षधर सांसदहरुको उपस्थिति कम भएको पनि बताए । नामको प्रस्ताव संसदमा लैजान गाह्रो नभए पनि पहिचानको पक्षमा दुई तिहाई पुर्याउन गाह्रो भएको उनले बताए । ‘सांसदको पहिलो पार्टी एमाले पहिचानको विपक्षमा छ । दोस्रो ठुलो पार्टी कांग्रेस पनि पहिचानको पक्षमा छैन,’उनले भने,‘पहिचानको पक्षमा दुई तिहाई पुर्याएर पास गर्न सजिलो छैन, निक्कै मेहनत गर्नुपर्ने हुन्छ । म पहिला र प्रयास गर्छु ।’ उनले संसदमा आफु एक्लै भएपनि पहिचानको पक्षमा उभिने बताए ।

कार्यक्रममा बिशिष्ट अतिथि एवं यायोक्खा केन्द्रीय सचिव दोर्पध्वज राई, आदिबासी जनजाति महासंघ सुनसरी जिल्ला अध्यक्ष राम माण्डुपा राई, किरात राई युवा संघको पुर्वअध्यक्ष भिम राई, यायोक्खा सुनसरीका पुर्वअध्यक्ष मुगाधन राईलगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।

अधिवेशनको उद्घाटन समारोहमा मुख्यमन्त्री राईसहित विभिन्न क्षेत्रमा योगदान पुर्याएका ५ जनालाई सम्मान गरिएको छ । मुख्यमन्त्री राईलाई फेटा गुथेर साथै सम्मान पत्र प्रदानले सममन गरिएको थियो । 

सम्मानित हुनेमा मुख्यमन्त्री राईसहित उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव सञ्जिव राई, नेपाल टेलिभिजिनका इटहरी शाखा प्रमुख पुष्पहरि क्याम्पा राई, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई र यायोक्खालाई सहयोग गर्ने धुर्पीमाया राईलाई पनि सम्मान गरिएको थियो । जिल्ला अध्यक्ष वलराम राई र बिशिष्त अतिथि एवं केन्द्रीय सचिव दोर्पध्वज राईले सम्मान पत्र प्रदान गरेका थिए ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...