News Portal

  • “पुराना मण्डले थापा हारेर नयाँ मण्डले आउनु हर्ष न बिस्मात!” – खगेन्द्र संग्रौला

    हिमालीसंचार संवाददाता
    १८६ पटक

    काठमाडौं – नेपालका चर्चित लेखक तथा टिप्पणीकार खगेन्द्र संग्रौलाले राप्राप्रा महाधिवेशनबारे आफ्नो धारणा राख्दै “पुराना मण्डले थापा हारेर नयाँ मण्डले आउनु हर्ष न बिस्मात!” भनेका छन् ।

    हालै सम्पन्न महाधिवेशनमा कमल थापा राप्रपा अध्यक्ष पदमा राजेन्द्र लिंग्देनसँग पराजित भएका थिए। यीनै विषयमा उनको यो धारणा सार्वजनिक भएको हो।

    संग्रौलाले थापालाई पुरानो मण्डले भनेका छन् भने लिंग्देनलाई नयाँ मण्डले भनेका छन्। राप्रापामा जो आएता पनि केही फरक नपर्ने उनको तर्क छ। उनीहरुको पाटीको सिद्धान्त तथा विचार एउटै भएकाले उनले यो प्रतिक्रिया जनाएका हुन् । 

    संग्रौलाले राप्रपा पार्टीलाई गणतन्त्रले सढाएको उल्लेख गरेका छन्। उनी फेसबुक तथा ट्विटरमा भन्छन्,‘उग्र दक्षिणपन्थी, नश्लीय हिन्दु राजावादी राप्रपामा पुराना मण्डले कमल थापा चिलिम भई नयाँ मण्डले राजेन्द्र लिङ्देन आउनु न हर्षको विषय हो न बिस्मातको तथापि गणतन्त्रले सढेको राप्रपाको नाम अलि दिन सुन्न अभिशप्त हुनु नै छ भने खस–आर्य मण्डलेको ठाउँमा जनजाति मण्डले ठिकै त हो।’ भनेका छन् । 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    मदन भण्डारी फाउन्डेसनको भविष्यबारे प्रधानमन्त्री ओलीको अन्योल

    काठमाडौं, साउन २६ – प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसनको आगामी...

    भारतमा विपक्षी सांसदहरूको प्रदर्शन, राहुल गान्धीसहित नेताहरू पक्राउ

    काठमाडौं, साउन २६ — भारतको नयाँदिल्लीमा विपक्षी सांसदहरूले निर्वाचनमा भएको अनियमितताको विरोध गर्दै निर्वाचन आयोगको...

    रवि लामिछानेको धरौटी निवेदनविरुद्ध न्याय परिषदमा उजुरी, गैरकानुनी दर्ता गरेको आरोप

    काठमाडौं, साउन २६ — रवि लामिछानेले जिल्ला अदालत रूपन्देहीमा दिएको धरौटी निवेदनविरुद्ध न्याय परिषदमा उजुरी...

    रवि लामिछानेको कारागार कोठामा एसी र खुला झ्याल छैन: मानव अधिकार आयोगको तथ्याङ्क

    रुपन्देही, साउन २६ — राष्ट्रिय मानवअधिकार आयोगको टोलीले रुपन्देही कारागारमा गएर अनुगमन गरेको छ ।...

    रवि लामिछाने कारागारको अनुगमन गर्न मानव अधिकार आयोग टोली भैरहवामा

    भैरहवा, साउन २६ — राष्ट्रिय मानव अधिकार आयोगसहितको टोली पूर्वगृहमन्त्री रवि लामिछाने राखिएको भैरहवाको कारागारको...