News Portal

किरात राई यायोक्खा बेलायतको ८ औं महाधिवेशनको सम्पूर्ण तयारी पुरा

हिमालीसंचार संवाददाता
२५० पटक

बेलायत – किरात राई यायोक्खा बेलायतको ८ औं महाधिवेशन लण्डनमा सम्पन्न हुने भएको छ । आगामि डिसेम्बर ११ तारिख लण्डनको साउथ हेरोस्थित हुने निश्चित भएसंगै अधिवेशनको सम्पूर्ण तयारी समेत पुरा भएको छ।

महाधिवेशनमा बेलायतभरी रहेका १३ प्रारम्भिक कार्यसमिति र भाषिक संस्था गरेर २ सय बढी प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागीता रहने किरात राई यायोक्खा बेलायतले जनाइएको छ । 

किरात राईहरुको इतिहास, भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने अभिप्रायका साथ स्थापना भएको किरात राई यायोक्खा बेलायतको महाधिवेशन प्रत्येक तीनबर्षको अवधिमा हुदै आएको छ। महाधिवेशनले विगतको समिक्षा, भावी कार्ययोजना निमार्ण र नयाँ नेतृत्व चयन समेत गर्नेछ ।

महाधिवेशनमा संस्थामा भएको गतिविधिहरुको समुहगत रुपमा छलफल गरी निष्कर्षका साथ घोषणापत्र समेत जारी हुने किरात राई यायोक्खा बेलायतका अध्यक्ष कल्पना राईले बताइन् । महाधिवेशन सम्पन्न गर्नका लागि सम्पुर्ण तयारीसमेत भईसकेको अध्यक्ष राईले जानकारी दिईन् 

महाधिवेशनमा सहभागी हुने प्रतिनिधी तथा पर्यवेक्षकहरु समेत लगभग टुंगो लागिसकेको जनाइएको छ । महाधिवेशन सम्पन्न गर्नका लागि किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति नेपालका पूर्वअध्यक्ष यशोदा राईको संयोजकत्वमा अध्यक्ष मण्डल र पुर्व अध्यक्ष डा. सुमाया राईको संयोजकत्वमा निर्वाचन समिति समेत गठन भईसकेको किरात राई यायोक्खा बेलायतका उपाध्यक्ष मेजर योगेश राईले बताए । महाधिवेशन सम्पन्न गर्नका लागि व्यापक तयारी भइरहेको पनि उपाध्यक्ष राईले हिमालीसंचारडटकमसंग बताए ।

महाधिवेशन सम्पन्न गर्नका लागि कार्यविभाजन गरेर संस्थाका कामहरु द्रुत गतिमा भइरहेको किरात राई यायोक्खा बेलायतका महासचिव नरेश काङमाङले बताए। संस्थालाई सही दिशा निर्देशनका लागि महाधिवेशन कोसेढुङ्गा सावित हुने पनि महासचिव काङमाङले बताएका छन् 

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...