News Portal

महेन्द्र बहुमुखी क्याम्पस धरानका प्रमुखको कुर्सी विद्यार्थीले जलाए

हिमालीसंचार संवाददाता
२३० पटक

धरान – सुनसरीको धरानमा रहेका महेन्द्र बहुमुखी क्याम्पसका प्रमुखको कुर्सी विभिन्न संगठनका विद्यार्थीहरुले कुर्सी बाहीर चउरमा निकालेर आगो लगाएका छन् ।

महेन्द्र बहुमुखी क्याम्पसको जग्गा संरक्षण गर्न वेवास्ता गरेको भन्दै महेन्द्र बहुमुखी क्याम्पस धरानका विद्यार्थीहरुले क्याम्पस प्रमुखको कुर्सी जलाएका हुन् ।विभन्न राजनैतिक दल आबद्ध विद्यार्थी संगठनले दिउँसो महेन्द्र बहुमुखी क्याम्पस प्रमुख दामोदर भण्डारी बस्दै आएको कुर्सी विधार्थीले बाहीर ल्याएर आगो सल्काएका हुन्। 

विभिन्न दल निकट विद्यार्थी संगठनहरु सम्मीलित संघर्ष समिति बनाएर क्याम्पसको जग्गा संरक्षणको लागि आन्दोलनरत विधार्थीहरु चरणबद्धरुपमा उत्रिएका हुन् ।विद्यार्थी नेता बुद्रोस लिम्बूले वारेसमार्फत क्याम्पस प्रशासनले तारेख बुझेको र ३ पटक पेशी तोकिदा पनि वकिल पठाएर बहस नगर्दा प्रशासन र क्याम्पस प्रमुखमाथि नै प्रश्न चिह्न खडा भएको ती विद्यार्थी संगठनको आरोप छ । क्याम्पस प्रशासन, जनप्रतिनिधि र भुमाफियाबीच मिलेमतो भएको हुन सक्ने विद्यार्थी संगठनहरुले आशंका रहेको विद्यार्थी नेता लिम्बूको भनाई छ ।

क्याम्पस प्रशासनकै कमजोरीले करोडौंको जग्गा हडपिने अवस्थामा पुगेको निवर्तमान स्ववियू सभापति सागर चेम्जोङले बताए । क्याम्पस प्रशासनलाई जिम्मेवार बनाउन आन्दोलन गर्नुपरेको पनि चेम्जोङले जानकारी दिए ।

प्रशासनले ११ पटक तारेख धाएको र ३ पटक मुद्दाको पेशी चढ्दा पनि बहस गर्न वकिल नपठाउनुलाई विद्यार्थीले शंकास्पद भनेका छन् । धरान ११ स्थित क्याम्पसले भोगचलन गरिरहेको कित्ता नम्बर २६६ को १७ कट्ठा १८ धुर जग्गाको स्रेस्तामा मोही डम्बरबहादुर घिमिरे छन् । उनको मृत्यु भइसकेको छ । 

विगत ३ बर्षअघि मृतक घिमिरेका छोरा यज्ञबहादुर क्षेत्रीले भुमिसुधार कार्यालय इनरुवामा मोही हक नामसारीको निवेदन दिएका थिए । उनको निवेदन पछि क्याम्पसले मोही लगत कट्टाको निवेदन दिएको थियो । भुमिसुधारले गत असोज २५ गते मोही हक छोरा यज्ञबहादुरको नाममा नामसारी गरिदिने फैसला गरेको थियो ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...