News Portal

  • बारम्बार चर्चाको बिषय बनिरहेको गेउरिया पुल यहि पुस महिनादेखि पुनः निर्माण सुरु हुने

    हिमालीसंचार संवाददाता
    १९३ पटक

    रबिन्द्र बराल/मोरङ – रंगेली कानेपाेखरी सडक खण्ड अन्तर्गत कानेपाेखरी गाउँपालिका-२ स्थित गेउरीया पुलको बारेमा बेलाबेलामा चर्चाको बिषय बन्दै आएता पनि अहिले भने उक्त पुलको निर्माणकार्यले अलिकती गतिलिन सकेको छैन ।

    उक्त पुल कार्तिक महिनामा तयार पार्दा सो पुल चैत्र मसान्तासम्म सम्पूर्ण निर्माणकार्य समपन्न हुने भनिएता पनि ८ महिना बितिसक्दा समेत निर्माण हुन सकेको छैन।  

    पुलको दुवै पिलर मात्रै बनाएर छाडेको ८ महिना बितिसक्दा समेत सम्बन्धित निकाय भने मौन रहेको छ ।  सुरुमा कामको गति द्रुतगतिमा भएको थियो र त्यस बेला चैत्र महिनादेखि उक्त पुल पुर्ण रुपमा संचालन आउने ठुलो आशा थियो। तर ८ महिना वितिसक्दा समेत  पुलको काम भने बन्द रहेको स्थानीय दुर्ग रेग्मीले बताए । 

    बिगत ७  बर्षदेखि उक्त पुल अलपत्र भएता पनि हाल सम्म पनि काम अगाडि बडन सक्को छैन ।  सडक डिभिजन कार्यलय मोरङका प्रमुख पशुपति ज्ञवाली रहदा उनले चैतसम्म सम्म पुलको काम सम्पन्न हुने भनेर एभिन्युज टेलिभिजनमा बोलेता पनि त्यो पूरा हुन सकेको छैन । 

    अहिले ज्ञवाली सरुवा भएपछि उनको ठाउँमा सुवर्ण कार्की आएका छन । उनले अने अबको केही सातामा काम सुरुगर्ने तर काम नगर्ने ठेक्केदारलाई कार्वाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन ।  

    उक्त पुल निर्माण गर्नका लागि फिचर एण्ड सराउद्धिन जेविलाई कडा निर्देशन दिएको बताए। पुलको  निर्माणकार्य विस २०७१ सालमा फिचर एण्ड सराउद्धिन जेविले  ठेकिका पाएको थियो । १५ मिटर लम्बाई पुल निर्माण गर्ने १ करोड १८ लाख रुपैयाँमा ठेक्का पाएको थियो । 

    सराउद्विन जेविका प्रमुख सराउद्घिन अनसारीले भने पुस महिनाको पहिलो सातादेखि काम सुरु हुने बताए । चैत्र महिनासम्म पुलको सम्पुर्ण काम सम्पन्न गर्ने र बैशाख महिनादेखि सो पुलबाट आवत जावत हुने भनेर जानकारी गराएता पनि हालसम्म उक्त पुलको पिलर मात्रै उठाएर छाडेको देखिन्छ । 

    यसरी ठेक्केदारको लापरबाहीका कारण समय अबधिमा निर्माणका सम्पन्न नगर्ने ठुला कम्पनीलाई किन सडक बिभागका प्रमुखहरुको ध्यानाकर्षण नहुदा स्थानीयले बर्षौदेखि सास्ती भोग्न बाध्य भएका छन ।  

    उक्त सडकबाट सयौं सवारीसाधनहरु आवतजावत गर्ने भएकाले अब चाहि पुल चाडै बन्छ की भन्दै स्थानीय खुशिले हर्षीत भएका थिए तर अहिले आएर भने पुलको काम कछुवाको गतिमा भईरहेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन २७ गतेको राशिफल

    आज साउन २७, २०८२ (अगस्त १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    मदन भण्डारी फाउन्डेसनको भविष्यबारे प्रधानमन्त्री ओलीको अन्योल

    काठमाडौं, साउन २६ – प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसनको आगामी...

    भारतमा विपक्षी सांसदहरूको प्रदर्शन, राहुल गान्धीसहित नेताहरू पक्राउ

    काठमाडौं, साउन २६ — भारतको नयाँदिल्लीमा विपक्षी सांसदहरूले निर्वाचनमा भएको अनियमितताको विरोध गर्दै निर्वाचन आयोगको...

    रवि लामिछानेको धरौटी निवेदनविरुद्ध न्याय परिषदमा उजुरी, गैरकानुनी दर्ता गरेको आरोप

    काठमाडौं, साउन २६ — रवि लामिछानेले जिल्ला अदालत रूपन्देहीमा दिएको धरौटी निवेदनविरुद्ध न्याय परिषदमा उजुरी...

    रवि लामिछानेको कारागार कोठामा एसी र खुला झ्याल छैन: मानव अधिकार आयोगको तथ्याङ्क

    रुपन्देही, साउन २६ — राष्ट्रिय मानवअधिकार आयोगको टोलीले रुपन्देही कारागारमा गएर अनुगमन गरेको छ ।...