News Portal

बारम्बार चर्चाको बिषय बनिरहेको गेउरिया पुल यहि पुस महिनादेखि पुनः निर्माण सुरु हुने

हिमालीसंचार संवाददाता
२४८ पटक

रबिन्द्र बराल/मोरङ – रंगेली कानेपाेखरी सडक खण्ड अन्तर्गत कानेपाेखरी गाउँपालिका-२ स्थित गेउरीया पुलको बारेमा बेलाबेलामा चर्चाको बिषय बन्दै आएता पनि अहिले भने उक्त पुलको निर्माणकार्यले अलिकती गतिलिन सकेको छैन ।

उक्त पुल कार्तिक महिनामा तयार पार्दा सो पुल चैत्र मसान्तासम्म सम्पूर्ण निर्माणकार्य समपन्न हुने भनिएता पनि ८ महिना बितिसक्दा समेत निर्माण हुन सकेको छैन।  

पुलको दुवै पिलर मात्रै बनाएर छाडेको ८ महिना बितिसक्दा समेत सम्बन्धित निकाय भने मौन रहेको छ ।  सुरुमा कामको गति द्रुतगतिमा भएको थियो र त्यस बेला चैत्र महिनादेखि उक्त पुल पुर्ण रुपमा संचालन आउने ठुलो आशा थियो। तर ८ महिना वितिसक्दा समेत  पुलको काम भने बन्द रहेको स्थानीय दुर्ग रेग्मीले बताए । 

बिगत ७  बर्षदेखि उक्त पुल अलपत्र भएता पनि हाल सम्म पनि काम अगाडि बडन सक्को छैन ।  सडक डिभिजन कार्यलय मोरङका प्रमुख पशुपति ज्ञवाली रहदा उनले चैतसम्म सम्म पुलको काम सम्पन्न हुने भनेर एभिन्युज टेलिभिजनमा बोलेता पनि त्यो पूरा हुन सकेको छैन । 

अहिले ज्ञवाली सरुवा भएपछि उनको ठाउँमा सुवर्ण कार्की आएका छन । उनले अने अबको केही सातामा काम सुरुगर्ने तर काम नगर्ने ठेक्केदारलाई कार्वाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन ।  

उक्त पुल निर्माण गर्नका लागि फिचर एण्ड सराउद्धिन जेविलाई कडा निर्देशन दिएको बताए। पुलको  निर्माणकार्य विस २०७१ सालमा फिचर एण्ड सराउद्धिन जेविले  ठेकिका पाएको थियो । १५ मिटर लम्बाई पुल निर्माण गर्ने १ करोड १८ लाख रुपैयाँमा ठेक्का पाएको थियो । 

सराउद्विन जेविका प्रमुख सराउद्घिन अनसारीले भने पुस महिनाको पहिलो सातादेखि काम सुरु हुने बताए । चैत्र महिनासम्म पुलको सम्पुर्ण काम सम्पन्न गर्ने र बैशाख महिनादेखि सो पुलबाट आवत जावत हुने भनेर जानकारी गराएता पनि हालसम्म उक्त पुलको पिलर मात्रै उठाएर छाडेको देखिन्छ । 

यसरी ठेक्केदारको लापरबाहीका कारण समय अबधिमा निर्माणका सम्पन्न नगर्ने ठुला कम्पनीलाई किन सडक बिभागका प्रमुखहरुको ध्यानाकर्षण नहुदा स्थानीयले बर्षौदेखि सास्ती भोग्न बाध्य भएका छन ।  

उक्त सडकबाट सयौं सवारीसाधनहरु आवतजावत गर्ने भएकाले अब चाहि पुल चाडै बन्छ की भन्दै स्थानीय खुशिले हर्षीत भएका थिए तर अहिले आएर भने पुलको काम कछुवाको गतिमा भईरहेको छ ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...