News Portal

लैंगिक हिंसा, शोषण र दुरब्याबहार विरुद्ध अन्तराष्ट्रिय अभियान सुरु, गाउँ-गाउँमा जनचेतना मूलक कार्यक्रम

“घरैबाट शुरु गरौ, महिला हिंसा अन्त्य गरौ”

हिमालीसंचार संवाददाता
२२३ पटक

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लामा लैंगिक हिंसा विरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियान सुरु भएको छ । धनपालथान गाउँपालिकाको प्रागनमा एकदिने जनचेतनामूलक कार्यक्रम संचालन गरिएको छ।

“घरैबाट शुरु गरौ, महिला हिंसा अन्त्य गरौ” भन्ने मुल नाराका साथ शुरु गरिएको अभियानमा पछिल्लो समयमा नेपालमा महिला माथी हुने हिंसा अन्त्य गर्नको लागि सुरु भएको यस अभियानलाई हरेक वर्ष २५ नोभेम्वर देखि १० डिसेम्वर १६ दिनसम्म विभिन्न क्रियाकलापहरु संचालन गरी मनाउदै आईरहेको छ। 

कार्यक्रमको प्रमुख अतिथि धनपालथान गाउँपालीका अध्यक्ष हरिलाल सिंह, उपमेयर नसिमा वानो, प्रसाशकिय अधिकृत मन बहादुर उपरकोटी अधिवक्ता रुपेश वोहरा, लुथरन समाजका अधिकृत भिम पोख्रेल, वडाअध्यक्ष तथा धनपालथान गाउँपालिका भित्र रहेका विभिन्न सरकारी तथा गैरसरकारीसंस्थाहरुको समेत उपस्थिति रहेको थियो ।  

कार्यक्रममा वक्ताहरुले महिला लैगिक हिंसा बिरुद्धको बारेमा उपस्थित भएका सर्वसाधारणहरुलाई प्रष्ट पारेका थिए ।  लुथरन समुदायिक कल्याण समाज तथा  विश्व फेडे रेसन  एल.सी. डब्लू एसको सहयोगमा सो कार्यक्रम गरिएको थियो। धनपालथान गाउँपालिकाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...