News Portal

मौसम परिवर्तनसंगै सुनसान बन्दै खुम्बु, स्थानीय जाडो छल्न जिल्ला बाहिर

पर्यटन मौसम सकिएसंगै खुम्बु क्षेत्रका गोरक्सेप, लबुचे, गोक्यो, छुकुङ, जोङ्ला, ठाङ्नाक एवम् थामेलगायतका स्थानीय जाडो छल्न जिल्ला बाहिर!

हिमालीसंचार संवाददाता
२३५ पटक

सोलुखुम्बु – सोलुखुम्बुको उच्च हिमाली क्षेत्रका स्थानीय बासिन्दा जाडो छल्नका लागि काठमाडौँ, भारतको बोधगयालगायत नेपालका विभिन्न क्षेत्रमा झर्न थालेका छन् । उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो हुने र अब करिब चैत मध्यसम्म थुप्रै हिउँ पर्ने भएकाले जाडो छल्नका लागि बाहिर जाने गरेका हुन् ।

पर्यटन मौसम सकिन थालेसँगै जिल्लाको खुम्बु क्षेत्रमा पर्ने गोरक्सेप, लबुचे, गोक्यो, छुकुङ, जोङ्ला, ठाङ्नाक एवम् थामेलगायतका बासिन्दा जाडो छल्न बाहिर जान थालेका छन् । त्यहाँका बासिन्दा जाडो छल्नका लागि धेरैजसो काठमाडौँ गएका छन् । तेञ्जिङ हिलारी विमानस्थल लुक्लाबाट सिधै काठमाडौँसम्म हवाई जहाजको सुविधा भएकाले यस क्षेत्रका अधिकांश स्थानीय बासिन्दाको पहिलो रोजाइ काठमाडौँ भएको छ ।

ठमोकी मिङ्मा छम्जी शेर्पाका अनुसार; “अब त चिसो निकै बढ्यो अब केही दिनमा नै गौतम बुद्धले ज्ञान हासिल गरेको ठाउँ भारतको बोधगयासम्म जान्छौँ, गतसाल काठमाडौँ गएका थियौँ, यस वर्ष स–परिवार बोध गया जाने योजना छ ।” यसबेला पर्यटकीय मौसम लगभग अन्तिम चरणमा पुगेकाले स्थानीय बासिन्दा फागुन, चैत महिनाका लागि दाउराको जोहो गरिरहेका छन् । सगरमाथा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका सीमित जङ्गलबाट यहाँका स्थानीयवासीलाई दाउरा ल्याउन दिइन्छ । केही दिन दाउरा सङ्कलन गरिसकेपछि जाडो छल्न जाने उनीहरु बताउँछन् ।

झनै नाम्चे–८ थामेका स्थानीय बासिन्दा त प्रायः सबैजसो काठमाडौँ जाने गरेका छन् । नाम्चे गाविसको उच्च स्थानमा रहेको हिमाली बस्ती भएकाले पनि थामेका अधिकांश स्थानीयबासी जाडो छल्न काठमाडौँ जाने गरेको यति माउन्टेन होम थामेका कुक अर्जुन मगरले बताए ।

विदेशी रहनसहन र चालचलनले प्रभाव पारेको खुम्बु क्षेत्रका स्थानीयवासी पछिल्लो समयमा नेपाललगायत विश्वका केही देशमा घुम्नका लागि पनि जाने गरेका छन् । जोर सल्लेकी दावाजाङ्मु शेर्पा भन्छन् – “यस क्षेत्रका स्थानीयवासी जाडो छल्नका लागि नेपालका विभिन्न तीर्थधामसमेत जाने गरेका छन् ।”

खुम्बु क्षेत्रमा पर्यटन मौसम सकिन अब केही दिनमात्र बाँकी रहेको स्थानीयबासीको भनाइ छ । क्रिसमस डेको समाप्तिसँगै पर्यटन मौसम पनि सकिने यहाँका स्थानीयवासी बताउँछन् । डिसेम्बर १५ तारिखभित्र खुम्जुङ ठाङ्नाकका सबै स्थानीयबासी एवम् होटल व्यवसायी जाडो छल्न हिँडिसक्ने खुम्बिला लज एन्ड रेस्टुरेन्टका सञ्चालक लाक्पा शेर्पाले बताए ।

भौगोलिक विकटता एवम् उच्च हिमाली क्षेत्र भएकाले पनि यस भेगका बासिन्दालाई बाह्रै महिना समस्या नै समस्यामा बाँच्नु परेको छ । झनै जाडो महिनामा त यस भेगमा एकछिन पनि बस्न नसकिने स्थानीयवासीको भनाइ छ । मुस्किलले वर्षमा छ महिनामात्र यस भेगमा बसोबास गर्ने गरेको स्थानीय बासिन्दा बताउँछन् । उच्च हिमाली क्षेत्र भएकाले पर्यटन मौसममा मात्र बस्ने गरेको होटल व्यवसायीको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...