News Portal

  • मौसम परिवर्तनसंगै सुनसान बन्दै खुम्बु, स्थानीय जाडो छल्न जिल्ला बाहिर

    पर्यटन मौसम सकिएसंगै खुम्बु क्षेत्रका गोरक्सेप, लबुचे, गोक्यो, छुकुङ, जोङ्ला, ठाङ्नाक एवम् थामेलगायतका स्थानीय जाडो छल्न जिल्ला बाहिर!

    हिमालीसंचार संवाददाता
    १७८ पटक

    सोलुखुम्बु – सोलुखुम्बुको उच्च हिमाली क्षेत्रका स्थानीय बासिन्दा जाडो छल्नका लागि काठमाडौँ, भारतको बोधगयालगायत नेपालका विभिन्न क्षेत्रमा झर्न थालेका छन् । उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो हुने र अब करिब चैत मध्यसम्म थुप्रै हिउँ पर्ने भएकाले जाडो छल्नका लागि बाहिर जाने गरेका हुन् ।

    पर्यटन मौसम सकिन थालेसँगै जिल्लाको खुम्बु क्षेत्रमा पर्ने गोरक्सेप, लबुचे, गोक्यो, छुकुङ, जोङ्ला, ठाङ्नाक एवम् थामेलगायतका बासिन्दा जाडो छल्न बाहिर जान थालेका छन् । त्यहाँका बासिन्दा जाडो छल्नका लागि धेरैजसो काठमाडौँ गएका छन् । तेञ्जिङ हिलारी विमानस्थल लुक्लाबाट सिधै काठमाडौँसम्म हवाई जहाजको सुविधा भएकाले यस क्षेत्रका अधिकांश स्थानीय बासिन्दाको पहिलो रोजाइ काठमाडौँ भएको छ ।

    ठमोकी मिङ्मा छम्जी शेर्पाका अनुसार; “अब त चिसो निकै बढ्यो अब केही दिनमा नै गौतम बुद्धले ज्ञान हासिल गरेको ठाउँ भारतको बोधगयासम्म जान्छौँ, गतसाल काठमाडौँ गएका थियौँ, यस वर्ष स–परिवार बोध गया जाने योजना छ ।” यसबेला पर्यटकीय मौसम लगभग अन्तिम चरणमा पुगेकाले स्थानीय बासिन्दा फागुन, चैत महिनाका लागि दाउराको जोहो गरिरहेका छन् । सगरमाथा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका सीमित जङ्गलबाट यहाँका स्थानीयवासीलाई दाउरा ल्याउन दिइन्छ । केही दिन दाउरा सङ्कलन गरिसकेपछि जाडो छल्न जाने उनीहरु बताउँछन् ।

    झनै नाम्चे–८ थामेका स्थानीय बासिन्दा त प्रायः सबैजसो काठमाडौँ जाने गरेका छन् । नाम्चे गाविसको उच्च स्थानमा रहेको हिमाली बस्ती भएकाले पनि थामेका अधिकांश स्थानीयबासी जाडो छल्न काठमाडौँ जाने गरेको यति माउन्टेन होम थामेका कुक अर्जुन मगरले बताए ।

    विदेशी रहनसहन र चालचलनले प्रभाव पारेको खुम्बु क्षेत्रका स्थानीयवासी पछिल्लो समयमा नेपाललगायत विश्वका केही देशमा घुम्नका लागि पनि जाने गरेका छन् । जोर सल्लेकी दावाजाङ्मु शेर्पा भन्छन् – “यस क्षेत्रका स्थानीयवासी जाडो छल्नका लागि नेपालका विभिन्न तीर्थधामसमेत जाने गरेका छन् ।”

    खुम्बु क्षेत्रमा पर्यटन मौसम सकिन अब केही दिनमात्र बाँकी रहेको स्थानीयबासीको भनाइ छ । क्रिसमस डेको समाप्तिसँगै पर्यटन मौसम पनि सकिने यहाँका स्थानीयवासी बताउँछन् । डिसेम्बर १५ तारिखभित्र खुम्जुङ ठाङ्नाकका सबै स्थानीयबासी एवम् होटल व्यवसायी जाडो छल्न हिँडिसक्ने खुम्बिला लज एन्ड रेस्टुरेन्टका सञ्चालक लाक्पा शेर्पाले बताए ।

    भौगोलिक विकटता एवम् उच्च हिमाली क्षेत्र भएकाले पनि यस भेगका बासिन्दालाई बाह्रै महिना समस्या नै समस्यामा बाँच्नु परेको छ । झनै जाडो महिनामा त यस भेगमा एकछिन पनि बस्न नसकिने स्थानीयवासीको भनाइ छ । मुस्किलले वर्षमा छ महिनामात्र यस भेगमा बसोबास गर्ने गरेको स्थानीय बासिन्दा बताउँछन् । उच्च हिमाली क्षेत्र भएकाले पर्यटन मौसममा मात्र बस्ने गरेको होटल व्यवसायीको भनाइ छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन २७ गतेको राशिफल

    आज साउन २७, २०८२ (अगस्त १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    मदन भण्डारी फाउन्डेसनको भविष्यबारे प्रधानमन्त्री ओलीको अन्योल

    काठमाडौं, साउन २६ – प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसनको आगामी...

    भारतमा विपक्षी सांसदहरूको प्रदर्शन, राहुल गान्धीसहित नेताहरू पक्राउ

    काठमाडौं, साउन २६ — भारतको नयाँदिल्लीमा विपक्षी सांसदहरूले निर्वाचनमा भएको अनियमितताको विरोध गर्दै निर्वाचन आयोगको...

    रवि लामिछानेको धरौटी निवेदनविरुद्ध न्याय परिषदमा उजुरी, गैरकानुनी दर्ता गरेको आरोप

    काठमाडौं, साउन २६ — रवि लामिछानेले जिल्ला अदालत रूपन्देहीमा दिएको धरौटी निवेदनविरुद्ध न्याय परिषदमा उजुरी...

    रवि लामिछानेको कारागार कोठामा एसी र खुला झ्याल छैन: मानव अधिकार आयोगको तथ्याङ्क

    रुपन्देही, साउन २६ — राष्ट्रिय मानवअधिकार आयोगको टोलीले रुपन्देही कारागारमा गएर अनुगमन गरेको छ ।...