News Portal

गुणस्तर तथा नापतौल विभागद्वारा मारुती सिमेन्टको इजाजत रद्द

हिमालीसंचार संवाददाता
३२२ पटक

काठमाडौं। मारुती सिमेन्टको इजाजत रद्द भएको छ। मापदण्डअनुसार गुणस्तर नपाइएपछि गुणस्तर तथा नापतौल विभागले मारुती सिमेन्टको इजाजत रद्द गरेको हो।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार गुणस्तरहीन सिमेन्ट बजारमा पठाइएकाले मारुती सिमेन्टको ४३ ग्रेडको सिमेन्टको इजाजत रद्द गरिएको हो।

यता मारुतीले सिमेन्टले भने उत्पादन गरेर बजारमा पठाएको सिमेन्ट गुणस्तर रहेको दाबी गर्दै आएको छ। मारुतीले सिमेन्ट गुणस्तर भएको दाबी गरेपनि ओपीसी ४३ ग्रेड ब्याचको सम्पूर्ण सिमेन्ट बजारबाट फिर्ता लिनुपर्ने उनले जानकारी दिए।

विगतमा मारुती सिमेन्ट प्रयोग गरिएका विकास निर्माणका काम गुणस्तरहीन देखिन थालेपछि सरकारले अनुगमन तीव्र बनाएको थियो।अनुगमनका क्रममा उक्त सिमेन्ट गुणस्तरहीन भएको प्रमाण फेला परेको थियो। अब, विभागले नेपाल गुणस्तर (प्रमाणपत्र चिह्न) ऐन–२०३७ तथा नियमावली–२०४० बमोजिम कारबाहीको दायरामा ल्याइने जनाएको छ।

विभागका अनुसार मारुती सिमेन्टको संकलित नमुना परीक्षण गर्दा सिमेन्टको मापन ३३ र ४३ हुनुपर्नेमा ३१ र ३७ मात्रै देखिएको थियो। मुख्य उत्पादन कार्यायलय सिरहामा रहेको मारुती सिमेन्टलाई गुणस्तरहीन सिमेन्टबारे विभागले १५ दिने स्पष्टीकरण सोधेको थियो।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...