News Portal

  • किरातहरुको ऐतिहासिक भुमि भएकोले प्रदेश नं. १ को नाम “किरात प्रदेश” नै हुन्छः मन्त्री यादव

    हिमालीसंचार संवाददाता
    १५७ पटक

    काठमाडौं – प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जयराम यादवले १ नम्बर प्रदेशको नाम किरात हुने बताएका छन् । गत मंगलबार इलामको माङ्सेबुङ गाउपालिका पुगेर मन्त्री यादवले यस्तो बताएका हुन् ।

    जनता समाजवादि पार्टीका १ नम्बर प्रदेश संसदिय दलका नेता समेत रहेका मन्त्री यादवले १ नम्बर प्रदेशमा किरात र लिम्बु बंशकै बर्चस्व कायम रहेकोले दलहरु सहमत भए प्रदेशको नाम किरात प्रदेश नै हुने पक्का रहेको बताएका हुन् ।

    प्रदेश नं. १ ऐतिहासिक पहिचानका आधारमा किरात, किरात लिम्बुवान, बहुपहिचानका आधारमा कोशी किरात, नदि भुगोलका नामका आधारमा कोशी सगरमाथा जस्ता नामको चर्चा चलिरहेको बेला मन्त्री यादवले प्रदेशको नाम ‘किरातञराख्नु पर्ने अभिव्यक्ति दिए संगै फेरी प्रदेश नं. १ को नामाकरणको विषयले चर्चा पाएको छ।

    अघिल्लो सरकारले प्रदेशको नाम टुङ्ग्याउन नसकेको कारण आफुहरुले अब मन्त्री परिषदमा प्रदेशको नामका विषयमा छलफल गरेर प्रदेश सभामा अनुमोदन गर्न लाने केन्द्रिय सरकार र नेताहरुको मुख नताक्ने मन्त्री यादवको तर्क रहेको थियो ।

    गत कार्तिकमा किरात राई यायोक्खाले काठमाडौमा आयोजना गरेको अन्तरास्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले समेत १ नम्बर प्रदेशको नाम अब चाडैं टुङ्याउने र त्यो पहिचानकै आधारमा राखिने वताएका थिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन २७ गतेको राशिफल

    आज साउन २७, २०८२ (अगस्त १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    मदन भण्डारी फाउन्डेसनको भविष्यबारे प्रधानमन्त्री ओलीको अन्योल

    काठमाडौं, साउन २६ – प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसनको आगामी...

    भारतमा विपक्षी सांसदहरूको प्रदर्शन, राहुल गान्धीसहित नेताहरू पक्राउ

    काठमाडौं, साउन २६ — भारतको नयाँदिल्लीमा विपक्षी सांसदहरूले निर्वाचनमा भएको अनियमितताको विरोध गर्दै निर्वाचन आयोगको...

    रवि लामिछानेको धरौटी निवेदनविरुद्ध न्याय परिषदमा उजुरी, गैरकानुनी दर्ता गरेको आरोप

    काठमाडौं, साउन २६ — रवि लामिछानेले जिल्ला अदालत रूपन्देहीमा दिएको धरौटी निवेदनविरुद्ध न्याय परिषदमा उजुरी...

    रवि लामिछानेको कारागार कोठामा एसी र खुला झ्याल छैन: मानव अधिकार आयोगको तथ्याङ्क

    रुपन्देही, साउन २६ — राष्ट्रिय मानवअधिकार आयोगको टोलीले रुपन्देही कारागारमा गएर अनुगमन गरेको छ ।...