News Portal

किरातहरुको ऐतिहासिक भुमि भएकोले प्रदेश नं. १ को नाम “किरात प्रदेश” नै हुन्छः मन्त्री यादव

हिमालीसंचार संवाददाता
२१४ पटक

काठमाडौं – प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जयराम यादवले १ नम्बर प्रदेशको नाम किरात हुने बताएका छन् । गत मंगलबार इलामको माङ्सेबुङ गाउपालिका पुगेर मन्त्री यादवले यस्तो बताएका हुन् ।

जनता समाजवादि पार्टीका १ नम्बर प्रदेश संसदिय दलका नेता समेत रहेका मन्त्री यादवले १ नम्बर प्रदेशमा किरात र लिम्बु बंशकै बर्चस्व कायम रहेकोले दलहरु सहमत भए प्रदेशको नाम किरात प्रदेश नै हुने पक्का रहेको बताएका हुन् ।

प्रदेश नं. १ ऐतिहासिक पहिचानका आधारमा किरात, किरात लिम्बुवान, बहुपहिचानका आधारमा कोशी किरात, नदि भुगोलका नामका आधारमा कोशी सगरमाथा जस्ता नामको चर्चा चलिरहेको बेला मन्त्री यादवले प्रदेशको नाम ‘किरातञराख्नु पर्ने अभिव्यक्ति दिए संगै फेरी प्रदेश नं. १ को नामाकरणको विषयले चर्चा पाएको छ।

अघिल्लो सरकारले प्रदेशको नाम टुङ्ग्याउन नसकेको कारण आफुहरुले अब मन्त्री परिषदमा प्रदेशको नामका विषयमा छलफल गरेर प्रदेश सभामा अनुमोदन गर्न लाने केन्द्रिय सरकार र नेताहरुको मुख नताक्ने मन्त्री यादवको तर्क रहेको थियो ।

गत कार्तिकमा किरात राई यायोक्खाले काठमाडौमा आयोजना गरेको अन्तरास्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले समेत १ नम्बर प्रदेशको नाम अब चाडैं टुङ्याउने र त्यो पहिचानकै आधारमा राखिने वताएका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...