News Portal

नभएका राजदूत बस्न यूएईमा ७० लाख घरभाडा

रुपेश अधिकारी
६५४ पटक

यूएई – अढाइ वर्षयता संयुक्त अरब इमिरेट्स (यूएई) स्थित नेपाली राजदूतावास राजदूतविहीन छ । त्यसयता सरकारले यहाँ राजदूत पठाउन सकेको छैन । तर, आर्थिक मितव्ययिताको नारा दिँदै आएको सरकारले  राजदूत बस्ने भवनकाे सम्झाैता नवीकरण गरेर भाडा भने बुझाउँदै अाइरहेकाे छ ।

०७३ मा राजदूत धनञ्जय झा कार्यकाल सकाएर नेपाल फर्किएपछि भाडाको घर प्रयोगविहीन भए पनि दूतावासले भाडा तिर्दै अाइरहेकाे हाे । उसले त्यसपछिका हरेक वर्षको डिसेम्बरको अन्त्यमा नभएका राजदूतकाे अावासीय प्रबन्धका लागि सम्झौता नवीकरण गर्दै आएको छ ।

यूएईस्थित नेपाली दूतावासका अनुसार राजदूतको आवासका लागि लिइएको भवनको भाडा वार्षिक दुई लाख २० हजार दिराम अर्थात् नेपाली करीब ७० लाख रुपैयाँ बराबर छ ।

यूएईका लागि नेपालका कार्यवाहक राजदूत सागरप्रसाद फुयाँलले आफू आउनुपूर्व नै आवासीय भवनको नवीकरण भइसकेकाले राजदूतविहीन हुँदाहुँदै पनि घर भाडामा लिन बाध्य भएको प्रष्टीकरण दिए । ‘म आउनुपूर्व नै राजदूतका लागि भाडामा लिइएको आवासीय भवनको सम्झौता नवीकरण भइसकेको रहेछ’, कार्यवाहक राजदूत फुयाँलले अनलाइखबरसँग भने, ‘प्राविधिक समस्याका कारण सम्झौता रद्द गर्न नसकिएको हो । नयाँ राजदुत नियुक्ति प्रक्रिया चलिरहेकाले यो छिट्टै प्रयोगमा आउँछ ।

करीब २ लाख ५० हजार नेपाली कार्यरत यूएईमा सन् २००४ देखि नेपाली दूतावास रहँदै आएको छ । सन् २००७ बाट भने यूएईमा पूर्णरुपमा नेपाली राजदूतले जिम्मेवारी सम्हाल्न थालेका हुन् । तर अढाइ वर्षयता नेपालीको मुख्य श्रम गन्तव्य मानिने यूएईको राजदूतावास नेतृत्वविहीन छ । कार्यवाहकको जिम्मेवारी सम्हालेर दुई जना बिदा भइसके पनि पनि अझै राजदूत नियुक्ति प्रक्रियाले गति लिन सकेको छैन ।

प्रतिकृया दिनुहोस्

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...