News Portal

क्रिश्चियन धर्मप्रचारकलाई अदालतले जेल हाल्दा बागमतीका मुख्यमन्त्री पाण्डे आक्रोशित

हिमालीसंचार संवाददाता
३८२ पटक

काठमाडौँ। क्रिश्चियन धर्मप्रचारक केशव आचार्यलाई जिल्ला अदालत जुम्लाले जेल हालेकोमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे रिसाएका छन्। पाण्डेले धर्म परिवर्तन गराएको अभियोगमा अदालको फैसलाबाट जेल हालिनुलाई लोकतन्त्र विरोधी कदमको संज्ञा दिँदै आपत्ति जनाएका छन्।

नेपाल ख्रिष्ट्रियन समाज बागमती प्रदेश र मकवानपुर इसाई समाजको ख्रिष्टमस शुभकामना आदानप्रदान कार्यक्रममा बुधबार बोल्ने क्रममा उनले यसो भनेका हुन्। ‘जनताको ठूलो त्यागबाट गणतन्त्र र धर्म निरपेक्ष राष्ट्र निर्माण भएको छ’, उनले भने, ‘धर्म परिर्वतन गरेको भनेर जेल हाल्नु सरासर गलत हो, यो लोकतन्त्रविरोधी कदम हो।’

पाण्डेले यसबारे बागमती सरकार गम्भीर रहेको बताउँदै केन्द्र सरकारमा पनि आवाज उठाउने दाबी गरे। अहिले पाँच दलीय गठबन्धनको सरकारले कुनै पनि धर्ममाथि विभेद गर्ने नीति नलिएको पनि उनले बताए।

‘धर्म र संस्कृतिमा अरुभन्दा नेपाल पृथक र विशिष्ट छ’, उनले भने, ‘नेपाली समाज अरु देशभन्दा पृथक र छुट्टै पहिचानसहितको छ। सबै जाति, क्षेत्र, वर्ग र समुदायबीच घनिष्ठ सम्बन्ध छ। हामी सयौँ जातका फूलबारी भएपछि त्यही अनुसार व्यवहार पनि गर्नुपर्छ।’

उनले इसाईहरूका लागि चिहान बनाउने स्थान पनि खोजिदिने बताएका छन्। ‘इसाईहरुलाई चिहान अभावको विषयमा प्रदेश सरकार गम्भीर छ’, उनले भने, ‘यो समस्या चाँडै हल हुनेछ।’

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...