News Portal

क्रिश्चियन धर्मप्रचारकलाई अदालतले जेल हाल्दा बागमतीका मुख्यमन्त्री पाण्डे आक्रोशित

हिमालीसंचार संवाददाता
३३४ पटक

काठमाडौँ। क्रिश्चियन धर्मप्रचारक केशव आचार्यलाई जिल्ला अदालत जुम्लाले जेल हालेकोमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे रिसाएका छन्। पाण्डेले धर्म परिवर्तन गराएको अभियोगमा अदालको फैसलाबाट जेल हालिनुलाई लोकतन्त्र विरोधी कदमको संज्ञा दिँदै आपत्ति जनाएका छन्।

नेपाल ख्रिष्ट्रियन समाज बागमती प्रदेश र मकवानपुर इसाई समाजको ख्रिष्टमस शुभकामना आदानप्रदान कार्यक्रममा बुधबार बोल्ने क्रममा उनले यसो भनेका हुन्। ‘जनताको ठूलो त्यागबाट गणतन्त्र र धर्म निरपेक्ष राष्ट्र निर्माण भएको छ’, उनले भने, ‘धर्म परिर्वतन गरेको भनेर जेल हाल्नु सरासर गलत हो, यो लोकतन्त्रविरोधी कदम हो।’

पाण्डेले यसबारे बागमती सरकार गम्भीर रहेको बताउँदै केन्द्र सरकारमा पनि आवाज उठाउने दाबी गरे। अहिले पाँच दलीय गठबन्धनको सरकारले कुनै पनि धर्ममाथि विभेद गर्ने नीति नलिएको पनि उनले बताए।

‘धर्म र संस्कृतिमा अरुभन्दा नेपाल पृथक र विशिष्ट छ’, उनले भने, ‘नेपाली समाज अरु देशभन्दा पृथक र छुट्टै पहिचानसहितको छ। सबै जाति, क्षेत्र, वर्ग र समुदायबीच घनिष्ठ सम्बन्ध छ। हामी सयौँ जातका फूलबारी भएपछि त्यही अनुसार व्यवहार पनि गर्नुपर्छ।’

उनले इसाईहरूका लागि चिहान बनाउने स्थान पनि खोजिदिने बताएका छन्। ‘इसाईहरुलाई चिहान अभावको विषयमा प्रदेश सरकार गम्भीर छ’, उनले भने, ‘यो समस्या चाँडै हल हुनेछ।’

प्रतिकृया दिनुहोस्

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...

आज २०८२ साल पुष ४ गतेको राशिफल

आज पुष ४, २०८२ (डिसेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

एमाले नयाँ नेतृत्वसँगै एकताबद्ध भएर अघि बढ्ने

काठमाडौं, पुष ३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका...