News Portal

मोही जग्गा प्रकरण; महेन्द्र क्याम्पसको विपक्षमा फैसला, पुनरावेदन गर्ने तयारी

हकवालालाई मोही नामसारी गरिदिने भुमीसुधारको फैसला!

हिमालीसंचार संवाददाता
२४३ पटक

धरान – धरान उपमहानरपालिकामा रहेको महेन्द्र बहुमुखी क्याम्पस धरानको मोही हकदाबी भएको मुद्दामा भुमी सुधार तथा मालपोत कार्यालय सुनसरीले क्याम्पसको विपक्षमा फैसला गरिदिएको छ ।

अर्धन्यायिक निकाय भुमीसुधार कार्यालय सुनसरीले मृत्यु भइसकेका मोही डम्बरबहादुर घिमिरेको नामको मोही उनको हकवालामा नामसारी गर्ने फैसला गरेको हो । 

महेन्द्र क्याम्पसको स्रेस्तामा मोही कामय भएको घिमिरेको छोरा यज्ञबहादुर क्षेत्रीले मोही नामसारीको लागि भुमीसुधार कार्यालयमा निवेदन दिएको थियो । उनको निवेदन परेपछि क्याम्पस प्रशासनले पनि मोही दाखिल खारेजको निवेदन दिएको थियो । भुमी सुधारले भने मोही पक्षको हकमा फैसला गर्दै नामसारी गरिदिने फैसला गत असोज २५ गते नै गरेको थियो ।

सार्वजनिक सम्पत्ति संरक्षण गर्नुपर्नेमा व्यक्तिलाई हुने गरि फैसला भएकोमा समाजसेवी प्रेमप्रसाद पराजुली दुःख व्यक्त गरेका छन् । फैसलाबारे जानकारी पाएलगत्तै क्याम्पस प्रशासनले धरानका सरोकारवाला पक्षसँग समन्वय नगरेको सम्बन्धमा पनि आशंका व्यक्त गर्छन् । ‘फैसला आएपछि यहाँ सरोकारवाला पक्षलाई प्रशासनले जानकारी दिनुपदैन ? ’उनी भन्छन् । 

करिब २ महिना अघि नै मोहीको हक नामसारी गरिदिन फैसला भएपनि क्याम्पसले भने भर्खर मात्र जानकारी पाएको हो । यो फैसलाबारे क्याम्पस प्रशासनले पनि धरानका सरोकारवाला पक्षहरुलाई जानकारी गराएको छैन । भुमाफियाहरुको करोडौंको जग्गा हत्याउन मोहीका छोरालाई अघि सारेर भुमीसुधारमा मोहीयानी हक हस्तान्तरणको लागि निवेदन दिन लगाएका थिए । क्याम्पसको जग्गा हत्याउन भुमाफियाको गिरोह सक्रिय भएपनि विद्यार्थी संगठनहरुले आन्दोलन गरेका थिए। 

महेन्द्र क्याम्पसको विपक्षमा असोज २५ गते मुद्दा फैसला भए पनि क्याम्पसलाई २ दिन अघि सोमबार मात्र जानकारी आएको क्याम्पस प्रमुख दामोदर भण्डारीले बताए । उनले यो फैसलाविरुद्ध पुनरावेदन गर्ने तयारी भइरहेको पनि जानकारी बताए । 

त्यसैको लागि आफु विश्वविद्यालय प्रशासन, पदाधिकारी र कानुनी सल्लाहकारसँग आवश्यक परामर्श गर्न आफु काठमाण्डौं जादै गरेको पनि उनले बताए । ‘दशैं विदाको अघिल्लो दिन फैसला भएको रहेछ । त्यसपछि लामो विदा भयो, क्याम्पसलाई यो सोमबार मात्र जानकारी आयो,’उनले भने,‘यो फैसलाविरुद्ध पुनरावेदन गछौं, कानुनी लडाई गछौ ।’

विस २०३४ सालमा साविक धरान ९ (क) हाल धरान ११ स्वास्तिक चोकमा पर्ने कित्ता नम्बर २६६ को १७ कट्ठा १८ धुर जग्गा श्यामगोविन्द श्रेष्ठबाट क्याम्पसले किनेको थियो । उक्त जग्गाको स्रेस्तामा मोही उल्लेख भएका डम्बरबहादुर घिमिरेको मृत्यु भइसकेको छ । मोही घिमिरेलाई त्यसबेला नै चित्त बुझाएर जग्गा किनबेच गरिएको भएपनि लगतकट्टा नगरिदा अहिले भुमाफियाहरुले जग्गा हड्प्न उनका छोरा यज्ञबहादुर क्षेत्रीलाई अघि सारेका हुन् । उक्त जग्गाको मुल्य अहिले करोडौं रुपैया पर्छ । यज्ञबहादुरले बुबाको नाममा भएको मोही हक नामसारीको लागि ३ बर्षअघि भुमिसुधार तथा मालपोत कार्यालय इनरुवामा निवेदन दर्ता गरेका थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...