
युवा राई/हङकङ – किरात राई यायोक्खा हङकङका पूर्व अध्यक्ष, संरक्षक सदस्य तथा पुर्व उपकुलपति किसन राई नेपाल भ्रमणका क्रममा भीरबाट लडेर मृत्यु भएको विषयलाई लिएर हिन्सका निर्देशक शाहले दिएको अभिव्यक्ति प्रति आपति जनाउदै प्रेस विज्ञप्ति निकालेका किराया हङकङले पुनः दोस्रो विज्ञप्ति सार्वजनिक गर्दै हिन्सका निर्देशक शाहले माफी नमागेसम्म वा हिन्सले कार्यवाही नगरेसम्म अब उप्रान्त हिन्ससंग भई रहेको सौहार्दपूर्ण सम्बन्ध नरहने र अहिलेसम्म हिन्ससंगको सहकार्य अब उप्रान्त नरहने जनाएका छन्।
हिन्सका निर्देशक शाहले कान्तिपुर दैनिकले सम्प्रेशण गरेको समाचारको क्लिपलाई लिएर हिन्सका निर्देशक ग्रुपमा “धेरैपछि एउटा खुशीको समाचार सुनियो, एउटा भाईरस सखाप, खुसीले मन नाचिरहेको छ” शाहले लेखेका म्यासेज ग्रुपबाट सार्वजनिक भएपछि शाहको चौतर्फी आलोचना र विरोध भएको थियो।
उक्त अभिव्यक्तिमा किराया हङकङले आफ्नो ध्यानकर्षण भएको उल्लेख गरी हिन्सका निर्देशकले लिखित रुपमा माफी माग्न प्रेस विज्ञप्ति जारी गरेको दश दिनपछि हिन्सका कार्यवाहक अध्यक्ष यमलाल कँडेलद्वारा हस्तक्षरित स्पष्टिकरण पत्रमा किराया हङकङसंग माफी मागे पनी हिन्सले शाहलाई कुनै कार्यवाही नगरेको र शाहले माफी नमागेका हुनाले दोस्रो विज्ञप्ति हिन्सलाई बोधार्थ दिएर सार्वजनिक गरिएको जनाएको छ।
हिन्सका कार्यवाहक अध्यक्ष कँडेलद्वारा हस्तक्षरित स्पष्टिकरण पत्र सहित निर्देशक शाहले दिएको स्पष्टिकरण समेत नत्थी गरिएको थियो । निर्देशक शाहको १२ पेजलामो स्पष्टिकरणको पेज-६ देखि भाईरसका प्रकार समेत उल्लेख गरी शाहले किसन राईलाई भाईरस भनेको स्वीकारोक्ति गरेका छन् ।
हिन्सको स्पष्टिकरण पत्र संगै निर्देशक शाहले दिएका १२ पृष्ट लामो स्पष्टिकरण प्रति असन्तुष्टि जाहेर गर्दै हङकङमा गठीत चार किरात संस्थाहरु किरात याक्थुम चुम्लुङ हङकङ, सुनुवार समाज हङकङ, किरात याक्खा छुम्मा हङकङ अन्य संस्थाहरु शेर्पा क्यिदुक हङकङ, तमु ट्हो ह्युल हङकङ, तामाङ धेदुङ हङकङ, मगर संघ हङकङ, चाम्लिङ खाम्बातिम् हङकङ, पुमा तुप्खाबाङखाला हङकङ, थुलुङ सामा हङकङ, बायुङ सुम्निखिम हङकङ, साम्पाङ जुम्लेखा हङकङ, बान्तावा खिम हङकङ, सोदेल कोयी/कोयु किम हङकङ र दुमी फन्सिकिम हङकङ लगायदका दर्जन बढी संघ संस्थाहरुले बलियो समर्थन रहेको उल्लेख गरी हस्ताक्षर सहित एक्यबद्धता जाहेर गरेका छन् ।
हङकङ सरकार एवम् नेपाल सरकारद्वारा विभूषित राईको मृत्युको विषयमा हिन्सका निर्देशक शाहले दिएको अभिव्यक्ति किरात राई यायोक्खा बेलायत, किरात राई यायोक्खा मकाउ, किरात राई यायोक्खा नेपाल, किरात राई यायोक्खा युएइ, किरात राई यायोक्खा इजराईल लगायदले किराया हङकङको विज्ञप्तिमा एक्यबद्धता जारी गरी माफी माग्न आग्रह गरिसकेका छन् । त्यस्तै, सामाजिक संजालमा शाहको अझै पनी चर्को जनविरोध भईरहेको छ।