News Portal

किरात राई कोयी/कोयु सोदेल किमको बार्षिक तथा साधारण सभा सम्पन्न

हिमालीसंचार संवाददाता
२४६ पटक

धरान – किरात राई कोयी/कोयु सोदेल किमको अध्यक्ष भूपी कोयी राईको अध्यक्षमा दोस्रो साधारण सभा धरानमा सम्पन्न भएको छ।  सभाले संस्थाको नयाँ विधान समेत सर्वसहमतिले पारित गरेको छ।

गत शनिबार धरान-१० स्थित होटल वाइट डोभमा सम्पन्न साधारणसभा समितिका वरिष्ठ उपाध्यक्ष अमृत कोयु राई अर्का उपाध्यक्ष जर्नबहादुर राई र सरणकुमार राई, महिला उपाध्यक्ष गीता राई, महासचिव भीम राई, सचिव विशाल राई, कोषाध्यक्ष सरण राई सहित २५ सदस्यीय कार्यसमिति रहेको जनाईएको छ। 

अध्यक्ष राईले संस्थाका प्रतिवेदन प्रस्तुत गरेका कार्यक्रममा उपस्थित सदस्यहरुले उक्त प्रतिवेदन माथी जिज्ञाशा समेत राखेका थिए। समितिले विभिन्न प्रस्तावहरु समेत पारित गरेको छ। प्रस्तावहरुमा संस्थाको नाममा जग्गा व्याबस्थापन गर्ने, किरात राई कोयी/कोयु आदिम थातथलो खोटाङ जिल्लाको केपिलासगढी गाउपालिका वडा नं.७ सुङदेल साबिक सुङदेल गाविस अन्तरगत केन्दिय कार्यालय स्थापना गर्ने प्रस्ताव समेत पास गरेका छन्। 

केन्द्रिय कार्यसमितिको बैठकले केपिलासगढी गाउपालिका सुङदेल-७ किरात राई कोयी/कोयुहरुको मौलिक भाषा, संस्कार, संस्कृति, कला र मौलिक पहिचान अध्यायन अनुसन्धान र अन्वेशणको लागि केपिलासगढी गाउपालिका वडा नं.७ सुङदेलमा व्याबस्थापन गर्ने गरी आगामी नीति तथा कार्यक्रमहरुमा समाहित नभएका नभएका प्रस्तावहरु समेतलाई सम्मान गर्दै छलफलद्वारा उचित निर्णय गर्ने अध्यक्ष राईले हिमालीसंचारडटकमसंग बताए। 

आयोजित साधारणसभाद्वारा सर्वसम्मत पारित भएका निर्णय कार्यसमितिले व्यबहारमा कार्यान्वयन गर्ने समेत विश्वास व्याक्त गरेका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...