News Portal

  • किरात राई कोयी/कोयु सोदेल किमको बार्षिक तथा साधारण सभा सम्पन्न

    हिमालीसंचार संवाददाता
    १९२ पटक

    धरान – किरात राई कोयी/कोयु सोदेल किमको अध्यक्ष भूपी कोयी राईको अध्यक्षमा दोस्रो साधारण सभा धरानमा सम्पन्न भएको छ।  सभाले संस्थाको नयाँ विधान समेत सर्वसहमतिले पारित गरेको छ।

    गत शनिबार धरान-१० स्थित होटल वाइट डोभमा सम्पन्न साधारणसभा समितिका वरिष्ठ उपाध्यक्ष अमृत कोयु राई अर्का उपाध्यक्ष जर्नबहादुर राई र सरणकुमार राई, महिला उपाध्यक्ष गीता राई, महासचिव भीम राई, सचिव विशाल राई, कोषाध्यक्ष सरण राई सहित २५ सदस्यीय कार्यसमिति रहेको जनाईएको छ। 

    अध्यक्ष राईले संस्थाका प्रतिवेदन प्रस्तुत गरेका कार्यक्रममा उपस्थित सदस्यहरुले उक्त प्रतिवेदन माथी जिज्ञाशा समेत राखेका थिए। समितिले विभिन्न प्रस्तावहरु समेत पारित गरेको छ। प्रस्तावहरुमा संस्थाको नाममा जग्गा व्याबस्थापन गर्ने, किरात राई कोयी/कोयु आदिम थातथलो खोटाङ जिल्लाको केपिलासगढी गाउपालिका वडा नं.७ सुङदेल साबिक सुङदेल गाविस अन्तरगत केन्दिय कार्यालय स्थापना गर्ने प्रस्ताव समेत पास गरेका छन्। 

    केन्द्रिय कार्यसमितिको बैठकले केपिलासगढी गाउपालिका सुङदेल-७ किरात राई कोयी/कोयुहरुको मौलिक भाषा, संस्कार, संस्कृति, कला र मौलिक पहिचान अध्यायन अनुसन्धान र अन्वेशणको लागि केपिलासगढी गाउपालिका वडा नं.७ सुङदेलमा व्याबस्थापन गर्ने गरी आगामी नीति तथा कार्यक्रमहरुमा समाहित नभएका नभएका प्रस्तावहरु समेतलाई सम्मान गर्दै छलफलद्वारा उचित निर्णय गर्ने अध्यक्ष राईले हिमालीसंचारडटकमसंग बताए। 

    आयोजित साधारणसभाद्वारा सर्वसम्मत पारित भएका निर्णय कार्यसमितिले व्यबहारमा कार्यान्वयन गर्ने समेत विश्वास व्याक्त गरेका थिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन २७ गतेको राशिफल

    आज साउन २७, २०८२ (अगस्त १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    मदन भण्डारी फाउन्डेसनको भविष्यबारे प्रधानमन्त्री ओलीको अन्योल

    काठमाडौं, साउन २६ – प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसनको आगामी...

    भारतमा विपक्षी सांसदहरूको प्रदर्शन, राहुल गान्धीसहित नेताहरू पक्राउ

    काठमाडौं, साउन २६ — भारतको नयाँदिल्लीमा विपक्षी सांसदहरूले निर्वाचनमा भएको अनियमितताको विरोध गर्दै निर्वाचन आयोगको...

    रवि लामिछानेको धरौटी निवेदनविरुद्ध न्याय परिषदमा उजुरी, गैरकानुनी दर्ता गरेको आरोप

    काठमाडौं, साउन २६ — रवि लामिछानेले जिल्ला अदालत रूपन्देहीमा दिएको धरौटी निवेदनविरुद्ध न्याय परिषदमा उजुरी...

    रवि लामिछानेको कारागार कोठामा एसी र खुला झ्याल छैन: मानव अधिकार आयोगको तथ्याङ्क

    रुपन्देही, साउन २६ — राष्ट्रिय मानवअधिकार आयोगको टोलीले रुपन्देही कारागारमा गएर अनुगमन गरेको छ ।...