News Portal

महाधिवेशन उद्घाटनमा गाडी रोक्ने प्रशासनको निर्णयप्रति एमालेको आपत्ति

हिमालीसंचार संवाददाता
२३९ पटक

चितवन – नेकपा एमाले १० औं महाधिवेशन उद्घाटनका क्रममा शुक्रबार नारायणगढ क्षेत्रमा सार्वजनिक सवारी रोक्ने प्रशासनको निर्णयमा नेकपा एमाले पाटीले आपत्ति जनाएको छ।

नेकपा एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बिहीबार दिउँसो महाधिवेशनस्थल नारायणी किनारमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन्। ‘दुनियाँमा कहीँ ‘नो भेहिकल’ भन्ने हुँदैन, गाडी रोक्न पाइँदैन। सुरक्षाको व्यवस्था गर्ने काम प्रशासनको हो’, उनले भने, ‘सार्वजनिक सवारी, एमालेका गाडी, साइकल सबै चल्नुपर्छ। हेभ्भी गाडी भोलि नचलुन । तर हामीसँग सवारी साधन रोक्ने कुरा प्रशासनले गरेको छैन।’

उनले एम्बुलेन्स, दमकलसहित कुनै पनि सवारी साधन रोक्न ठीक नहुने बताए। एमाले महाधिवेशनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म नारायणगढ क्षेत्रमा सवारीसाधन चल्न नदिने निर्णय गरेको छ। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...