News Portal

  • पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग, प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    हिमालीसंचार संवाददाता
    २०१ पटक

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवालाई पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै ६ वटा विद्यार्थी संगठनले संयुक्त ज्ञापनपत्र बुझाएका छन् ।

    बुधबार बालुवाटार पुगेर अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी यूनियन अध्यक्ष रुपनारायण श्रेष्ठ, विप्लव निकट अखिल(क्रान्तिकरी) का अध्यक्ष प्रकाश शाही र मोहन वैद्य निकट अखिल (क्रान्तिकारी ) अध्यक्ष हरिकृष्ण गजुरेलले मूल्य वृद्धि फिर्ता लिन माग गर्दै प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका हुन् ।

    ज्ञापनपत्र बुझाउने क्रममा प्रधानमन्त्री देउवाले मूल्य वृद्धिको विषयमा सम्बन्धित निकायमा परामर्श गरेर सकारात्मक निर्णय लिने जवाफ दिएको अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले बताइन् ।

    पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण आधारभूत जनताको दैनिकीमा प्रत्यक्ष असर परेको भन्दै उद्योग मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्रीलाई ६ विद्यार्थी संगठनका नेताहरुले भेटेरै ज्ञापनपत्र बुझाएको उनको भनाइ थियो ।  पछिल्लो पटक इन्धनको मूल्यवृद्घिपछि विद्यार्थी संगठनहरु आन्दोलन गर्दै आएका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन २७ गतेको राशिफल

    आज साउन २७, २०८२ (अगस्त १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    मदन भण्डारी फाउन्डेसनको भविष्यबारे प्रधानमन्त्री ओलीको अन्योल

    काठमाडौं, साउन २६ – प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसनको आगामी...

    भारतमा विपक्षी सांसदहरूको प्रदर्शन, राहुल गान्धीसहित नेताहरू पक्राउ

    काठमाडौं, साउन २६ — भारतको नयाँदिल्लीमा विपक्षी सांसदहरूले निर्वाचनमा भएको अनियमितताको विरोध गर्दै निर्वाचन आयोगको...

    रवि लामिछानेको धरौटी निवेदनविरुद्ध न्याय परिषदमा उजुरी, गैरकानुनी दर्ता गरेको आरोप

    काठमाडौं, साउन २६ — रवि लामिछानेले जिल्ला अदालत रूपन्देहीमा दिएको धरौटी निवेदनविरुद्ध न्याय परिषदमा उजुरी...

    रवि लामिछानेको कारागार कोठामा एसी र खुला झ्याल छैन: मानव अधिकार आयोगको तथ्याङ्क

    रुपन्देही, साउन २६ — राष्ट्रिय मानवअधिकार आयोगको टोलीले रुपन्देही कारागारमा गएर अनुगमन गरेको छ ।...