News Portal

  • केपिलासगढी गाउँपालिकाको डिजिटल पाश्र्वचित्र तयार, कार्यन्वयमा ल्याउने तयारी

    हिमालीसंचार संवाददाता
    २८४ पटक

    बाक्सिला – खोटाङको केपिलासगढी गाउँपालिकाको डिजिटल पाश्र्वचित्र तयार पारिएको छ । डाइनामिक अनुसन्धान तथा परामर्श फाउन्डेसन खोटाङ तथा सेन्टर फर सस्टेनेबल डेभलपमेण्ट स्टडीज प्रालि ललितपुरले डिजिटल पाश्र्वचित्र तयार पारेको हो ।

    गाउँपालिकाको समग्र बस्तुस्थिति समावेश गरिएको डिजिटल पाश्र्वचित्र सोमबार डाइनामिक अनुसन्धान तथा परामर्श फाउन्डेसनका परियोजना व्यवस्थापक ध्रुव श्रेष्ठले गाउँपालिका अध्यक्ष कृष्ण कुमार राई, उपाध्यक्ष हिराकुमारी वन र प्रमुख प्रशासकीय अधिकृत छविलाल राईलाई हस्तान्तरण गरेका छन् ।

    स्थानीय सरकारको नीति र योजना निर्माण कार्यमा सहयोग पुर्‍याउने उद्धेश्यले गाँउ तथा नगर वस्तुस्थिती विवरण तयारी कार्यबिधि विस २०७५ सालमा आधारित रहि गाँउपालिकाको समग्र वस्तुस्थिती बिवरण तयार पारिएको हो ।

    डिजिटल पाश्र्वचित्रले स्थानीय तहको योजना तर्जुमा, अनुगमन तथा प्रगति मापनलाई सूचनामा आधारित, ब्यवस्थित, एकीकृत, नतिजामूलक, सहभागीमूलक र प्रभावकारी बनाउन स्थानीय सरकार तथा सरोकारवालालाई महत्वपूर्ण आधार प्रदान गर्ने सेन्टर फर सस्टेनेबल डेभलपमेण्ट स्टडीज प्रालिका मेजेजिङ डाइरेक्टर मिलन चौधरीले हिमालीसंचारडटकमसंग बताए ।

    प्रमाणिकरण गोष्ठीपछि डिजिटल वस्तुस्थिति विवरण गाउँपालिकालाई हस्तान्तरण गरिएको थियो । अब घरधुरी सर्वेक्षण, संस्थागत सूचना संकलन, श्रोत नक्शाको लागि सूचना संकलन तथा नक्शा तयारी लगायतका विधि अपनाएर डिजिटल पाश्र्वचित्र तयार पारिएको हो ।

    डिजिटल वस्तुस्थिती बिवरणमा गाउँपालिकाको जनसंख्या, भौगोलिक अवस्था, सामाजिक बिशेषता, प्राकृतिक सम्पदा, आर्थिक अवस्था, बिकासको स्थिति झल्कने आधारभूत तथ्यांक समेटिएको फाउन्डेसनका परियोजना व्यवस्थापक श्रेष्ठले बताए ।

    उक्त डिजिटल प्रोफाईल केपिलासगढी गाउँपालिकाको वेवसाईटमा हेर्न मिल्ने व्यवस्था गरिएको छ । वस्तुस्थिति विवरण सम्वन्धी थप तथा नयाँ सूचना गाउँपालिका आफैले डिजिटल प्रोफाईलको सफ्टवेरमार्फत अपडेट गर्न सक्ने छन् ।

    ‘हरेक घरमा पुगेर घरधुरीको जिपिएस ट्र्याक समेत गरिएका कारण संकलित विवरण सत्य, वस्तुनिष्ठ र वास्तविक रहने छ । डिजिटल प्रोफाईलमा हरेक वर्ष व्यक्तिहरुको उमेर स्वतः एक वर्ष बृद्धि हुने प्रणालीको पनि व्यवस्था छ,’ श्रेष्ठले भने, ‘अव व्यक्तिगत घट्ना दर्ता, सामाजिक सुरक्षा भत्ता वितरण सम्वन्धी काम यही सफ्टवेरमार्फत गर्न सकिने भएको छ ।’

    वस्तुस्थिति विवरणमा गाउँपालिकाको वन जंगल, नदीनाला, तालतलैया, पोखरी, सिमसार, खानी, कृषि तथा चरण क्षेत्र लगायतका भैगोलिक एवं प्राकृतिक स्रोत साधन, नागरिकको पारिवारिक वितरण उमेरगत अवस्था, लिंग, शैक्षिक तथा आर्थिक अवस्था, समूह तथा संघ संस्थामा आवद्धताको अवस्था, जग्गा जमिनको प्रकार र स्वामित्वको अवस्था, घरको बनौट, पेशा तथा रोजगारीको अवस्था, जातजातीगत विवरण सम्पूर्ण विवरण समावेश हुने छ ।

    यस्तै, सांस्कृतिक सम्पदा (मठमन्दिर, धार्मीक तथा सांस्कृतिक स्थल), पूर्वाधार विकास (पैदल मार्ग, सडक, पुल, कल्भर्ट, नहर, कुलो, पैनी, खेल मैदान, आवास, खुल्ला क्षेत्र, स्वास्थ्य केन्द्र, बिद्यालय एवं शैक्षिक संस्था, बैंक तथा बित्तिय संस्था, सामुदायिक भवन, क्लव, एकल महिला, बृद्धबृद्धा, बालबालिका, भिन्न क्षमता भएकाहरुको विवरण समेत समेटिएको चौधरीले बताए ।

    ‘पाश्र्वचित्रमा वन, जैविक विविधता तथा वातावरण, सामाजिक सुरक्षा कार्यक्रम विवरण, कृषि, पशुसेवा तथा हाटबजार सम्बन्धि विवरण, शैक्षिक विवरण, बिद्यालयको भौतिक अवस्था, शिक्षक तथा बिद्यार्थी संख्या, भर्ना, सिकाई उपलब्धी तथा उत्तिर्ण दर, छात्रबृद्धि विवरण, स्वास्थ्य तथा पोषण, स्वास्थ्य संस्था, चिकित्सक तथा स्वास्थ्यकर्मी, खोप तथा पोषण, सुरक्षित मातृत्व, प्रमूख रोगको विवरण समेटिएको छ,’ चौधरीले भने, ‘युवा तथा खेलकूद र मनोरञ्जन, खेल मैदान, पार्क, मूख्य चाडपर्व, मेला, जात्रा, जोखिमयुक्त स्थानमा बसोवास गर्ने परिवार, बिपद्बाट मानबीय क्षति, बिपद अनुसार जोखिमको बिवरण, बिवद्को असर, जोखिम पहिचान तथा क्षमता विश्लेशन विवरण, उपलब्ध भौतिक स्रोत र सामग्री, सामाजिक स्रोत, आर्थिक स्रोत लगायतका बारेमा जानकारी दिने विवरण समेत उल्लेख छ ।’

    वस्तुस्थिति विवरण तयारीले गाँउपालिकाको समग्र नीति तथा योजना निर्माणमा एकरुपता आउने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष राईले बताए । बिगतमा नीति तथा योजना निर्माणमा देखिएको प्रकृयागत अस्पष्टता एवं प्रकृयागत झन्झट हटेर जाने गाउँपालिका उपाध्यक्ष वनले समेत उल्लेख गरिन् ।

    पालिकाबासीले एप्समार्फत पनि डिजिटल प्रोफाईलका विवरण हेर्न सक्ने छन् । डिजिटल प्रोफाईल कार्यान्वयनका लागि गाउँपालिकाले सफ्टवेर खरिद गरिसकेको अध्यक्ष राईले जानकारी दिए । हाल धेरैजसो स्थानीय तहले प्रोफाईलको काम गरे पनि कार्यान्वयन पक्ष भने फितलो देखिएको उनको भनाई छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन २७ गतेको राशिफल

    आज साउन २७, २०८२ (अगस्त १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    मदन भण्डारी फाउन्डेसनको भविष्यबारे प्रधानमन्त्री ओलीको अन्योल

    काठमाडौं, साउन २६ – प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसनको आगामी...

    भारतमा विपक्षी सांसदहरूको प्रदर्शन, राहुल गान्धीसहित नेताहरू पक्राउ

    काठमाडौं, साउन २६ — भारतको नयाँदिल्लीमा विपक्षी सांसदहरूले निर्वाचनमा भएको अनियमितताको विरोध गर्दै निर्वाचन आयोगको...

    रवि लामिछानेको धरौटी निवेदनविरुद्ध न्याय परिषदमा उजुरी, गैरकानुनी दर्ता गरेको आरोप

    काठमाडौं, साउन २६ — रवि लामिछानेले जिल्ला अदालत रूपन्देहीमा दिएको धरौटी निवेदनविरुद्ध न्याय परिषदमा उजुरी...

    रवि लामिछानेको कारागार कोठामा एसी र खुला झ्याल छैन: मानव अधिकार आयोगको तथ्याङ्क

    रुपन्देही, साउन २६ — राष्ट्रिय मानवअधिकार आयोगको टोलीले रुपन्देही कारागारमा गएर अनुगमन गरेको छ ।...