आज : २०२६-०६-२०, शनिबार

भोजपुरमा जलवायु अनुकुलन कार्यक्रम कार्यान्वयनको लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

भोजपुर – रामप्रसादराई गाउँपालिका भोजपुरले नेपाल जलवायु अनुकुलन कार्यक्रम कार्यान्वयनको सम्वन्धमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । वडाध्यक्ष राजकुमार तामाङको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा डिभिजन वन कार्यालय भोजपुरको प्रमुख विष्णुलाल घिमिरे र कृषी ज्ञान केन्द्र भोजपुरका प्रमुख योगेन्द्र प्रसाद यादवको विशेष उपस्थिती रहेको थियो ।

गत मंसिर ५ गते आइतबारको दिन सम्पन्न भएको उक्त कार्यक्रममा स्थानीय राजनीतिक दल, स्थानीय भद्रभलादमी, नागरिक समाज, विद्यालयका प्रधानाध्यापक, स्वास्थ्य संस्थाका प्रमुख, सामुदायिक वनका प्रमुख एवम् प्रतिनिधिहरु, स्थानीय उपभोक्ता लगायतको उपस्थिति रहेको थियो ।

रामप्रसादराई गाउँपालिकाले वडा नं २ धोदलेखानी र वडा नं ५ मानेभन्ज्याङलाई लक्षित गरी कार्यान्वयन गरिएको उक्त कार्यक्रममा गत आवमा संचालित योजनाको सम्वन्धमा समिक्षा समेत गरिएको थियो ।

अभिमुखीकरण कार्यक्रममा मानेभन्ज्याङका स्थानीय दोर्जर्जेमान तामाङ, प्रअ खगेश्वर पौडेल, वन उपभोक्ता समितिका पदाधिकारी दिपक चौहान, लेखा समिति संयोजक संजिव राई, कृषी ज्ञान केन्द्र भोजपुरका प्रमुख योगेन्द्र प्रसाद यादव, डिभिजन वन कार्यालय भोजपुरको प्रमुख विष्णुलाल घिमिरेले आ आफनो धारणा राख्नु भएको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहता र योजना शाखा प्रमुख अनन्त राईले सहजीकरण गरेका थिए । सामाजिक विकास शाखा प्रमुख श्रीप्रसाद ढकालले संयोजन गरेका उक्त कार्यक्रम असई ज्ञानराज ढकालले संचालन गरेका थिए 

आगामी दिनमा नेपाल जलवायु अनुकुलन कार्यक्रमलाई अझ प्रभावकारी वनाउन सवैले साथ सहयोग समन्वय गर्न आवश्यक रहेको भन्दै वडाध्यक्ष राजकुमार तामाङले कार्यक्रम समापन गरेका थिए ।