
रबिन्द्र बराल/मोरङ – ईलाका प्रहरी कार्यालय रंगेलीले १६ केजी गाँजा सहित एक जना युवालाई पक्राउ गरेको छ। मोरङको रंगेली नगरपालिका-१ स्थित बिशाल बजार चौक नजिकै उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को १ ह ४८०२ नंम्बरको टेम्पोलाई सखरदिनाको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा प्रहरीले १६ केजी गाँजा बरामद गरेको हो।
प्रहरीले टेम्पो चालक बेलबारी नगरपालीका-३ बस्ने २४ बर्षीय बुद्धराज राईलाई उनले चलाएको टेम्पो सहित मोरङ रंगेली प्रहरीले नियन्त्रणमा लिएको हो । थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको प्रहरी निरिक्षक अनमोल खड्काले हिमालीसंचारडटकमसंग बताए ।