News Portal

बाबा रामदेव त क्रान्तिकारी हुनुहुँदो रहेछ : प्रचण्ड

हिमालीसंचार संवाददाता
२६० पटक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजको काठमाडौमा भेटपछि भारतीय योगगुरु बाबा रामदेवलाई क्रान्तिकारीको संज्ञा दिएका छन्। काठमाडौंको मण्डिखाटारमा पतञ्जलि योगपीठद्वारा आयोजित कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

अध्यक्ष प्रचण्डले ‘सुरुमा चिनजान हुँदा, कता कता पहिले त उहाँ रुढीवादी र परम्परावादी हुनुहुन्छ जस्तो लागेको थियो। मैले जहिलेदेखि बाबा रामदेवसँग निकटता बढाएँ, छलफल गर्न थालेँ तब अर्कै पाएँ’, उनले भने, ‘बुझ्दै जाँदा त उहाँ वैज्ञानिक र क्रान्तिकारी पो हुनुहुँदो रहेछ।’

बाबा रामदेवले योगलाई एउटा क्रान्तिमार्ग देखाएको उनले बताए। ‘बाबा रामदेवले योगलाई एउटा नयाँ क्रान्ति मार्ग देखाउनु भयो। योगबाट आरोग्यतिर निरोगितातिर लाग्नु भयो’, उनले भने, ‘उहाँले आरोग्यताबाट उद्योगतिर लानुभयो।’

प्रचण्डले बाबा रामदेव र आचार्य बालकृष्णलाई जुम्ल्याहा भाइको संज्ञा पनि दिएका छन्। बाबा रामदेवसँग तीन क्षेत्रमा क्रान्ति ल्याएको कुरा भएको पनि बताए। ‘हिजो खुमलटारमा नेपालमा शिक्षा, स्वास्थ्य र कृषिको क्षेत्रमा क्रान्ति ल्याउने उपायबारे हिजो छलफल भएको छ’, उनले भने, ‘हरिद्वारमा उहाँ हात समातेर मलाई लैजानु भयो जडीबुटीको कारखाना देखाउनु भयो। ती जडीबुटी त सबै नेपालबाट जाँदा रहेछन्।’

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...