News Portal

  • सुवास राईको पीडाः आर्थिक अभावका कारण उपचारमा समस्या

    सुवासको पीडा: उपचार नगरौं बसिसक्नु छैन, गरौ पैसा छैन

    हिमालीसंचार संवाददाता
    ८८७ पटक

    उर्लाबारी – ‘उपचार गर्न जाऔं, पैसा छैन । उपचार नगरौं, अनुहार र जिउभरी दर्दनाक मासुको डल्लो बढेर दैनिक जीवनयापन गर्न नै समस्या भइसक्यो।’

    यो पीडा हो मोरङको मिक्लाजुङ गाउँपालिका-५ खोलीटारका ३५ वर्षीय सुवास राईको । आर्थिक स्रोत नभएका कारण उनले आफ्नो शरीरमा पलाएको मासुको डल्लोको उपचार गर्न सकिरहेका छैनन्।

    राईको शरीरका प्रायः सबै भागमा छाला डल्लो पोको परेको छ, पलाएको छ। घाँटीदेखि पछाडि डाढमा मासुको डल्ला झोलिएको छ। दाहिने हात, अनुहार र कानमा पनि मासुको डल्ला बढी रहेको छ ।

    अनुहारमा साना दाना, घाँटीदेखि पछाडि डाढसम्म झुण्डिएको अजङगको मासुका थैलाले राती सुत्दा र बस्दा पेलिएर असैह्य पिडा हुने गरेको राई बताउछन् । सुत्न, बस्न नमिलेर छटपटी–छटपटी रात काट्दाको सकस भनि साध्य छैन्। आफ्नो शरिरमा पलाएको मासुको डल्ला बढेर  अनुहार नै कुरुप देखिएको भन्दै उनलाई हिड्डुल गर्न पनि खासै मन लाग्दैन । कोल्टे परेर सुतेको वर्षौ भइसक्यो। यसरी सुत्दा निन्द्रा पनि लाग्दैन उनी भन्छ्न, ‘छटपटी र अनिदोमा रात दिन बित्ने गरेको छ।’

    शरीरमा पलाएको मासु देखेर स्कुलका साथीहरुले समेत घृणा गर्नथालेपछि कक्षा-७ पढेर छोडेको उनी बताउछन् । विधालय जादा ‘साथीहरु मलाई देखेर परपर भाग्न थाले, घिनाउन थालेको सहनै सकिनँ, त्यसपछि स्कुल जान छाडेँ। सँगै पढेका साथीहरु अहिले कहाँ–कहाँ पुगिसके म आफ्नो शरिरमा उम्रिएको मासुको डल्ला हेरेर टोलाईरहेको छु’, उनको गुनासो छ।

    आमा बितेपछि बुवा र भाइसँग बस्दै आएका उनको उपचारका लागि अस्पताल जाने कुनै आर्थिक स्रोत छैन। वर्षैदेखि यस्तै पीडा सहेर उनले बस्नु परेको छ। कुन रोगका कारण मासु पलाएको भन्ने पत्ता लगाउन सकिएको छैन। सानै छँदा अनुहारमा गाठागुठी देखिएको थियो। अहिले उक्त गाठागुठी ठूलो भयो। उनले भने,’उपचार पाए काम गरेर खानेथिए।’

    दिनदिनै सुवासको शरीरभरी मासुको डल्ला फैलिन थालेपछि स्थानीय युवाहरुको समूहले उपचारको लागि रकम संकलन गर्न  सुरु गरेको स्थानीय युवा शंकर बजगाइले बताए। ‘उपचार सम्भव रहने चिकित्सकहरुले बताएको कारणले हामीले सहयोग संकलन गर्न सुरु गरेको छौं,’ उनले भने, ‘सुवासको उपचारमा सबैले साथसहयोग गर्न आग्रह गर्दछु।’

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कुलिङ पिरियड त्रुटि छानबिन प्रतिवेदन कार्यान्वयनबारे दलहरूसँग सभामुखको सक्रिय पहल

    काठमाडौं, साउन २७ – संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानमा देखिएको गम्भीर...

    सिन्धुपाल्चोक प्रहरीमा ‘बासी भात’ विवाद : डिएसपी र भान्सेबीच कुटपिट, कार्यालय सहयोगी सेवाबाट बर्खास्त

    सिन्धुपाल्चोक, साउन २७ — जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकभित्र ‘बासी भात’को विवाद कुटपिटसम्म पुग्दा एक कार्यालय...

    आज २०८२ साल साउन २७ गतेको राशिफल

    आज साउन २७, २०८२ (अगस्त १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    मदन भण्डारी फाउन्डेसनको भविष्यबारे प्रधानमन्त्री ओलीको अन्योल

    काठमाडौं, साउन २६ – प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसनको आगामी...

    भारतमा विपक्षी सांसदहरूको प्रदर्शन, राहुल गान्धीसहित नेताहरू पक्राउ

    काठमाडौं, साउन २६ — भारतको नयाँदिल्लीमा विपक्षी सांसदहरूले निर्वाचनमा भएको अनियमितताको विरोध गर्दै निर्वाचन आयोगको...