News Portal

मोरङको रंगेली स्थित तिरुपति आर्यघाट व्यबस्थित गरियो

हिमालीसंचार संवाददाता
२२५ पटक

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिका ७ स्थित तिरुपति आर्यघाट फुलैफुलले ढक्कमक्क देखिने गरी रमणीय स्थालको रुपमा व्याबस्थापन गरिएको छ।

यस क्षेत्रमा दुई बिघा क्षेत्रफलमा चारै तर्फबाट घेराबेरा समेत रहेको  दुई बर्ष अगाडिदेखि आर्यघाटमा प्रदेश सरकार र नगरपालिकाको आर्थिक सहयोगबाट निर्माणकार्य सुरु गरिएको हो । चारैतिर खुल्ला रहेको यो स्थानमा कुनै व्यवस्थापन हुन सकेको थिएन ।  

स्थानीयले बक्राह खोलामा दाहासंस्कार गर्दा निकै सास्ती भोग्नु परेको थियो। सामान्य  पानी पर्दा र घाम लाग्दा समेत मलामीहरुलाई टाउको लुकाउने ठाउँ समेत नभएको स्थानीय मचिन्द्र कटुवालले बताए । तर अहिले बक्राहा खोलाको आर्यघाटलाई  तिरुपति आर्यघाटको नामाकारण गर्दे दुई बर्षदेखि सो आर्यघाटको स्वरुप नै परिवर्तन गर्ने स्थानीयहरु लागि परेका छन ।  

अहिले आर्यघाट हरावरा तथा विभिन्न जातका फुल तथा कागती बगानले रमणीय दृश्य देखिन समेत थालेको कटुवालले बताए । स्थानीय व्यापारी तथा समासेवी मनोज अग्रवालले व्यवस्थापन समितिको अध्यक्ष भएपछि उनले आर्यघाटलाई बेग्लै पहिचान बनाउनका लागि दिनरात लागि परेको स्थानीय पवन सोनीले बताए। 

अहिले आर्यघाटमा जो कायोही आउदा समते राम्रो व्यवस्थापन देखेर खुशी हुने गरेको अर्को स्थानीय गुरु प्रसाद अधिकारीले बताए। उक्त घाटमा रंगेली नगरपालिकाको केही भेगका स्थानीयको मृत्यु भएपछि सोही घाटको बक्राह खोलामा  दाहासंस्कार गर्दे आईरहेका छन् ।   

बिगत दुई बर्षदेखि तिरुपति आर्यघाट मलामी घर, क्रिया पुत्री घर, दाउरा व्यवस्थापन समेत गर्दे आईरहेको छ । निर्माण संगै फुलवारी तथा कागती खेती संगसंगै विभिन्न प्रकारका प्रजातिका फुलहरु रोपेर अहिले रमणीय ठाउँ बनेको छ । 

समितिका अध्यक्ष मनोज कुमार अग्रवाल का अनुसार आफुहरुले अतिविपन्न परिवारका परिवारहरुलाई निशुल्कै रुपमा पनि लास जलाउनका लागि दाउराको व्यवस्थापन समेत गर्दे आईरहेको बताए।  

एक बर्षपछि कागती खेतीबाट केहीलआम्दानी भएको खण्डमा कर्मचारीहरुको तलव दिन समेत सहज हुने अपेक्षा रहेको उनले बताए। अहिले आर्यघाटमा एक जना सचिव सहित ३ जना कर्मचारीहरुले काम गर्दे आईरहेका छन् तर कर्मचारीहरुको तलव अपुग हुदै आईरहेको छ। यस व्यवस्थापन समितिबाट साथ सहयोग गरेर कर्मचारीहरुको तलव दिदै आईरहेको अग्रवालले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...