
रबिन्द्र बराल/मोरङ – मोरङको कटहरी गाउँपालिका–४ स्थित ग्लोबल बायो इनर्जी नामक उद्योगमा आज (बुधबार) बिहान ५:३० बजेदेखि भीषण आगलागी भईरहेको छ । सवारी साधनको टायरमा प्रयोग हुने तेल उत्पादन गर्ने उद्योगमा आगलागी भएको हो।
नवनित अग्रवालले संचालन गरेको उद्योगमा लागेको आगो अझै नियन्त्रण हुन सकेको छैन। स्थानीय, नेपाली सेना, नेपाल र सशस्त्र प्रहरीले दमकलको सहायता लिएर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको मोरङ प्रहरी जनाएको छ ।
आगो नियन्त्रणका लागि नेपाल प्रहरी, ससस्त्र प्रहरी, विराटनगर, इटहरी, कानेपोखरी, रङ्गेली, दुहवी लगायतका स्थानबाट गएका दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेको छ। प्रहरीका अनुसार विद्युत सर्ट हुँदा आगलागी भएको हुनसक्ने आशंका गरिएको छ । अनुमानित १ करोडौं भन्दा जतिको क्षेती भएको हुनसक्ने स्थानीयले बताएका छन् ।