News Portal

नेताहरुलाई गाउँले डोकोमा पानी बोकाएर उकालो हिँडाए

हिमालीसंचार संवाददाता
३०७ पटक

मकवानपुर – गाउँमा खानेपानीको समस्या रहेको अबगत गराउन कार्यक्रममा उपस्थित भएका नेताहरुलाई डोकोमा पानी बोकाएर उकालो बाटो हिडाएका छन्। नेताहरु अर्कै एक कार्यक्रमका लागि ‘भीआईपी’ बनेर गाउँ पुगेका थिए । उनीहरुलाई थाहा भयो की त्यहाँ पानीको साँच्चै समस्या रहेछ ।

गाउँलेहरुले नवनिर्मित विद्यालय हस्तान्तरण गर्न त्यहाँ पुगेका जनप्रतिनिधिसमेतलाई आफ्ना समस्याबारे व्यबहारिकरुपमा बोध गराउन नयाँ तरिका सुझाएका हुन्। पानीले भरिएका गाग्री डोकोमा राखेर बोकाउने र आफूहरुजस्तै हिँडाएका थिए। त्यसपछि नेताहरुको चेत खुल्यो भन्ने गाउँलेहरुले आशा गरेका छन् । यी गाउका समस्या बुझाउन स्थानीयले गोप्यरुपमा यी उपाय रचेका थिए । स्थानीय गाउलेले भने उपाय सफल भयो ।

एउटा कार्यक्रमका लागि मकवानपुरको अतिबिकट राक्सिराङ गाउँपालिकाको वडा नम्बर–८ स्थित महांकाल बस्ती पुगेका विभिन्न दलआवद्ध नेताहरुले त्यहाँका पीडित स्थानीयको आग्रहअनुसार पानीको गाग्री डोकोमा राखेर बोक्नुपर्‍यो, त्यो पनि ठाडो उकालो भएको बाटो चढेका थिए ।

स्थानीयलाई उक्त क्षेत्रमा खानेपानीको समस्याले वर्षौंसम्म डोकोमा गाग्री राखेर पानीको भारी बोक्नु निकै सकसपूर्ण छ । महांकाल बस्तीका २२ घरपरिवार तथा एक विद्यालय खानेपानीको समस्याबाट वर्षौदेखि आक्रान्त छ । विशेषतः स्थानीय महिला झिसमिसेमै ठाडो उकालो-ओरालो गर्दै करिब दुई घण्टा हिँडेर खोलामा पुगी डोकोमा गाग्री हालेर पानी घरमा ल्याउने गर्छन् ।

स्थानीय जनज्योति प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गर्न पुगेका प्रदेश सांसद् सन्तबहादुर चेपाङ, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, वडा–८ का अध्यक्ष रामकृष्ण प्रजा, ९ नम्बर वडा अध्यक्ष रामकुमार थिङ, नेपाली कांग्रेस मकवानपुरका पूर्वजिल्ला सभापति रघुरमण न्यौपाने र नेकपा राक्सिराङ अध्यक्ष हस्तबहादुर मुक्तानले पानी भरेर राखिएको गाग्री बोकेका थिए ।

सांसद् र जनप्रतिनिधिलाई गाग्रीमा पानी बोकाउँदा स्थानीय पेट मिचीमिची हाँसेका थिए । नेताहरुले पानी भरिएको गाग्री डोकोमा राखेर विद्यालयसम्म पुर्‍याएका थिए । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...