News Portal

  • हिन्सका निर्देशक विनय शाहको अभिव्यक्ति विरुद्ध किराया मकाउको ऐक्यबद्धता

    हिमालीसंचार संवाददाता
    २१९ पटक

    मकाउ – किरात राई यायोक्खा हङकङका पूर्वअध्यक्ष, संरक्षक सदस्य तथा पूर्वउपकुलपति किसन राईको मृत्यु प्रकरणमा हिन्सका निर्देशक विनय शाहले भाईबर ग्रुपमा दिएको अभिव्यक्ति सम्बन्धि गम्भीर ध्यानकार्षण भएको जनाउदै किरात राई यायोक्खा हङकङले जारी गरेको प्रेस विज्ञप्तिमा किरात राई यायोक्खा मकाउले ऐक्यबद्धता जनाएको छ ।

    किरात राई यायोक्खा मकाउले मिति २४ ओक्टुबर २०२१ काठमाडौबाट मध्यपहाडी लोकमार्ग हुदै भोजपुर जानेक्रममा खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८, दोर्पा चिउरीडाडा स्थित पंखु खोलाको भिरबाट लडेर किसन राईको अकल्पनीय दु:खद निधन भएको खबरले विश्वभरका किरात राईहरु आफ्नो समुदायको एक होनाहार व्यक्तित्व, आफन्त, आत्मिय स्वजन, अभिभावक अकस्मात गुमाउदाको पीडाले स्तब्ध बनाईरहदा, हङकङ एकीकृत नेपाली समाज लिमिटेड (हिन्स) का निर्देशक विनय शाहले दिएको अमानवीय अभिव्यक्तिलाई लिएर किरात राई यायोक्खा हङकङका अध्यक्ष चन्द्रका राई र महासचिव गंगा राम राईद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति प्रति किराया मकाउको अध्यक्ष राकेश राई र महासचिव सन्जिब कोयी राईद्वारा हस्ताक्षर गरिएको ऐक्यबद्धता अपीलमा पूर्ण सहमति सहित ऐक्यबद्धता रहेको जनाएका हुन्।  

    ऐक्यबद्धता अपीलमा थप भनिएको छ; हिन्सका निर्देशक विनय शाहले शोक र पीडामा खुशी मनाउने, मृत्युलाई मजाक बनाउने जस्तो निच सोच विचार भएको शाह विरुद्ध किरात राई यायोक्खा हङकङको माग प्रति विश्वभरका किरात राई यायोक्खा, किरात राई बुद्धिजिबी, दाजु भाई तथा दिदि बहिनीहरु लगायद जनसमुदायमा समक्ष ऐक्यबद्धता जनाई दिन हुन आग्रह गरेका छन्।  

    ऐक्यबद्धता अपीलमा थप “हिन्सका निर्देशक शाह जस्तो कुरुप शब्द प्रयोगकर्तालाई समाजबाट निरुत्साहित गर्न, आवश्यक थप कदमका लागि सहयोग गरिदिन हुन किरात राई यायोक्खा मकाउ हार्दिक अनुरोध सहित ऐक्यबद्धता जाहेर गर्दछ” भनिएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    राज्य व्यवस्था समितिका सभापति खतिवडाले राजीनामा दिने तयारी, कुलिङ अफ पिरियड विवादमा जिम्मेवारी पुष्टि

    काठमाडौं, साउन २७ — कुलिङ अफ पिरियड विवादमा छानबिन गर्न गठन गरिएको विशेष समितिको प्रतिवेदनले...

    भारतले थप २०० मेगावाट बिजुली आयात गर्ने अनुमति दियो

    काठमाडौं, साउन २७ — नेपाल र भारतबीच विद्युत् व्यापारमा नयाँ अध्याय खुलेको छ। भारत सरकारले...

    भक्तपुर गाईजात्रा उत्सवमा झडप, तीन जना पक्राउ

    भक्तपुर, साउन २७  — परम्परा र संस्कृतिको रंगीचंगी पर्व गाईजात्राको रौनक बीच आइतबार राति भक्तपुरको...

    कुलिङ पिरियड त्रुटि छानबिन प्रतिवेदन कार्यान्वयनबारे दलहरूसँग सभामुखको सक्रिय पहल

    काठमाडौं, साउन २७ – संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानमा देखिएको गम्भीर...

    सिन्धुपाल्चोक प्रहरीमा ‘बासी भात’ विवाद : डिएसपी र भान्सेबीच कुटपिट, कार्यालय सहयोगी सेवाबाट बर्खास्त

    सिन्धुपाल्चोक, साउन २७ — जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकभित्र ‘बासी भात’को विवाद कुटपिटसम्म पुग्दा एक कार्यालय...