News Portal

हिन्सका निर्देशक विनय शाहको अभिव्यक्ति विरुद्ध किराया मकाउको ऐक्यबद्धता

हिमालीसंचार संवाददाता
२७६ पटक

मकाउ – किरात राई यायोक्खा हङकङका पूर्वअध्यक्ष, संरक्षक सदस्य तथा पूर्वउपकुलपति किसन राईको मृत्यु प्रकरणमा हिन्सका निर्देशक विनय शाहले भाईबर ग्रुपमा दिएको अभिव्यक्ति सम्बन्धि गम्भीर ध्यानकार्षण भएको जनाउदै किरात राई यायोक्खा हङकङले जारी गरेको प्रेस विज्ञप्तिमा किरात राई यायोक्खा मकाउले ऐक्यबद्धता जनाएको छ ।

किरात राई यायोक्खा मकाउले मिति २४ ओक्टुबर २०२१ काठमाडौबाट मध्यपहाडी लोकमार्ग हुदै भोजपुर जानेक्रममा खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८, दोर्पा चिउरीडाडा स्थित पंखु खोलाको भिरबाट लडेर किसन राईको अकल्पनीय दु:खद निधन भएको खबरले विश्वभरका किरात राईहरु आफ्नो समुदायको एक होनाहार व्यक्तित्व, आफन्त, आत्मिय स्वजन, अभिभावक अकस्मात गुमाउदाको पीडाले स्तब्ध बनाईरहदा, हङकङ एकीकृत नेपाली समाज लिमिटेड (हिन्स) का निर्देशक विनय शाहले दिएको अमानवीय अभिव्यक्तिलाई लिएर किरात राई यायोक्खा हङकङका अध्यक्ष चन्द्रका राई र महासचिव गंगा राम राईद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति प्रति किराया मकाउको अध्यक्ष राकेश राई र महासचिव सन्जिब कोयी राईद्वारा हस्ताक्षर गरिएको ऐक्यबद्धता अपीलमा पूर्ण सहमति सहित ऐक्यबद्धता रहेको जनाएका हुन्।  

ऐक्यबद्धता अपीलमा थप भनिएको छ; हिन्सका निर्देशक विनय शाहले शोक र पीडामा खुशी मनाउने, मृत्युलाई मजाक बनाउने जस्तो निच सोच विचार भएको शाह विरुद्ध किरात राई यायोक्खा हङकङको माग प्रति विश्वभरका किरात राई यायोक्खा, किरात राई बुद्धिजिबी, दाजु भाई तथा दिदि बहिनीहरु लगायद जनसमुदायमा समक्ष ऐक्यबद्धता जनाई दिन हुन आग्रह गरेका छन्।  

ऐक्यबद्धता अपीलमा थप “हिन्सका निर्देशक शाह जस्तो कुरुप शब्द प्रयोगकर्तालाई समाजबाट निरुत्साहित गर्न, आवश्यक थप कदमका लागि सहयोग गरिदिन हुन किरात राई यायोक्खा मकाउ हार्दिक अनुरोध सहित ऐक्यबद्धता जाहेर गर्दछ” भनिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...