News Portal

मुख्यमन्त्रीको पद जाओस् बहुपहिचानबाट हड्ने छैन; मुख्यमन्त्री राई

अशोक राईले जस्तो पार्टी नै छोड्न परोस् म बहुपहिचानबाट हट्ने छैन’

हिमालीसंचार संवाददाता
२६५ पटक

काठमाडौं – किरात राई तेस्रो अन्तराष्ट्रिय सम्मेलनमा सहभागी प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश नामाकरणको विषयमा आफु बहुपहिचानबाट पछि नहट्ने बताएका छन् । राजधानीमा शनिबार आयोजित किरात राई यायोक्खाको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री राजेन्द्र कुमार राईले ठुलो नेताले भन्दैमा आफु बहुपचिनाबाट किमार्थ नहट्ने बताएका हुन्।

‘आज ठुलो नेताले भन्दैमा म बहुपचिनाको पक्षमा किमार्थ हट्ने छैन।’ उनले भने, ‘चाहे मुख्यमन्त्री पद् जाओस्, चाहे अशोक राईले जस्तो पार्टी नै छोड्न परोस् म बहुपहिचानबाट हट्ने छैन ।’

आफ्नो पार्टीका केही नेताहरु अझै पनि पहिचानको पक्षमा नरहेको भन्दै उनले आफु संगठित रहेको पार्टीले तीन ओटा चुनाव बहुपहिचानको नाम दिन्छौ भनेर जनताको अभिमत, भोट पाएर चुनाव जितेको उल्लेख गर्दै सो कुरो बताएका हुन। 

पहिचानको नाम लिएर जनताको भोटले चुनाव जित्ने अनि पहिचानलाई लत्याउने हो भने त्यो भन्दा ठुला धोका र अनैतिक कार्य अरु हुन नसक्ने उनको भनाई छ। ‘सुम्निमा पारुहाङको कसम खानुपर्छ कि माटोको कसम खानुपर्छ तपाईहरुले देख्ने गरी पहिचानको पक्षमा उभिनेछु ।’ मुख्यमन्त्री राईले प्रतिवद्धता जनाए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...