News Portal

  • किरात राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन १२ देशका प्रतिनिधि नेपालमा पुगे

    हिमालीसंचार संवाददाता
    २२९ पटक

    काठमाडौं – किरात राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागि हुन १२ भन्दा बढी देशको प्रतिनिधिहरु नेपालको राजधानी काठमाडौं आइसकेको आयोजकले जानकारी दिएका छन्।

    भोली कार्तिक २७, नोभेम्बर १३ गतेदेखि तीन दिनसम्म तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ । सम्मेलनमा बेलायतबाट अध्यक्ष कल्पना राई, उपाध्यक्ष मेजर योगेश कोयी राई, अमेरिकाबाट सचिव किरात राई एसोएियसन अफ अमेरिकाका सचिव दिवस राई, दक्षिण कोरियाबाट अध्यक्ष पदम राई, महासचिव जीवन राई, साउदी अरबबाट भोगेन्द्र चाम्लिङ राई, मकाउबाट नवीन राई, हङकङबाट बिमल राई, मनि राई लगायत सहभागि हुने आयोजक किरात राई अन्तर्राष्ट्रिय समन्वय समितिका महासचिव जनक राईले जानकारी दिएका छन्। 

    प्रत्येक देशबाट पाँच जनाको दरले प्रतिनिधि रहने ब्यबस्था अनुसार १२ भन्दा बढी देशबाट नेपाल आइसकेको महासतिव राईले बताए । किरात राई समुदायको भाषा, लिपी, तीन चुल्हा, संस्कारको एक रुपता र समुदायलाई एकताबद्ध राख्ने उदेश्यले किरात राई अन्तर्राष्ट्रिय समन्वय समिति गठन भएर क्रियाशिल रहेको छ। 

    समन्वय समितिमा १८ भन्दा बढी मुलुकमा सञ्जाल रहेको छ । सम्मेलनको उद्घाटन कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) को प्रमुख अतिथ्यता साथै १ नम्बर प्रदेशको मुख्यमन्त्री राजेन्द्र राईको विशेष उपस्थितिमा राष्ट्रिय सभागृहमा हुँदैछ । कार्यक्रममा संघ र प्रदेशका सांसदहरु, पूर्व मन्त्री, संवैधानिक निकायका सदस्यहरु उपस्थित हुने आयोजक समितिका अध्यक्ष दिवस राईले बताए ।  

    शनिबार १२ बजेदेखि राष्ट्रिय सभागृह परिसरमा साकेला नृत्य प्रस्तुत हुनेछ । कार्यक्रममा बरिष्ठ गायक तथा संगीतकार जितेन राई, महागायक राजेशपायल राई, पार्वति राई, भीषण मुकारुङ राई, हास्य कलाकार फुलन्देकी आमा (उमेश राई), बाँसुरी बादक नगेन्द्र राईको साथै किरात राई सांस्कृतिक कलाकार संघका राई नवीन, पदम राई लगायतका कलाकारहरुको प्रस्तुति रहने छ । 

    ललितपुर सातदोबाटो स्थित यलेखिम रेष्टुरेन्ट एण्ड बैंक्वेटमा दुई दिनसम्म चल्ने बन्दसत्रमा आठ भन्दा बढी कार्यपत्रहरु, रहेक देशमा रहेका राई समुदायको अवस्था बारे रिर्पोटिङ यायोक्खा उपाध्यक्षसमेत रहेका विदेश बिभाग प्रमुख जिवन हाताछो राईले बताए । 

    सम्मेलनमा १५ भन्दा बढी बिदेश शाखा, नेपालको २३ वटा जिल्ला, २६ वटा भाषिक संस्थाहरु, २ वटा किरात प्रदेश समन्वय समितिहरु र ८ वटा भातृ संस्थाहरुबाट ३७५ जना भन्दा बढि प्रतिनिधिहरुको सहभागिहुने महासचिव जनक राईले बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रोनाल्डो–जर्जिनाको सम्बन्ध अब वैवाहिक बन्धनतर्फ

    काठमाडौं, साउन २७ – पोर्चुगिज फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो लामो समयकी प्रेमिका जर्जिना रोड्रिगेजसँग...

    राज्य व्यवस्था समितिका सभापति खतिवडाले राजीनामा दिने तयारी, कुलिङ अफ पिरियड विवादमा जिम्मेवारी पुष्टि

    काठमाडौं, साउन २७ — कुलिङ अफ पिरियड विवादमा छानबिन गर्न गठन गरिएको विशेष समितिको प्रतिवेदनले...

    भारतले थप २०० मेगावाट बिजुली आयात गर्ने अनुमति दियो

    काठमाडौं, साउन २७ — नेपाल र भारतबीच विद्युत् व्यापारमा नयाँ अध्याय खुलेको छ। भारत सरकारले...

    भक्तपुर गाईजात्रा उत्सवमा झडप, तीन जना पक्राउ

    भक्तपुर, साउन २७  — परम्परा र संस्कृतिको रंगीचंगी पर्व गाईजात्राको रौनक बीच आइतबार राति भक्तपुरको...

    कुलिङ पिरियड त्रुटि छानबिन प्रतिवेदन कार्यान्वयनबारे दलहरूसँग सभामुखको सक्रिय पहल

    काठमाडौं, साउन २७ – संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानमा देखिएको गम्भीर...