
रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली गौचर गौशालाको ४१ औं साधारणसभा एक कार्यक्रमवीच सम्पन्न भएको छ। गोपाष्टमीको अवसरमा संस्थाले साधारण सभा गरेको सम्पन्न गरेको हो ।
गौशलामा स्थापना भएको दुईवटा नयाँ भवनको समेत उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि वासुद गोल्यान, अतिथिहरुमा समाजसेवी कमलेश अग्रवाल, मंङ्गल चन्द अग्रवाल, सुरेश मिश्र, मदन बगडीया, सहदेव राजजडीय मचिन्द्र कटुवाल, ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक अनमोल खड्का, राजेश बगडिया लगायतको समेत उपस्थिति रहेको थियो ।
विस २०३७ सालमा स्थापना भएको गौशला सुरुमा ८ वटा गाईबाट सुरु गरिएको भएता पनि अहिलेसम्म १ सय ७० वटागाई रहेको समितिले जनाएको छ। समितिका अध्यक्ष अमित कुमार राज गडीयाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।