News Portal

भारतबाट पाहुना आएका दुई जना युवाको खोलामा डुवेर मृत्यु

हिमालीसंचार संवाददाता
३०२ पटक

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिका वडा नम्बर ६ भन्सार टोलमा रहेको सुरेश शाहको घरमा छट पर्वको मनाउनका लागि  भारत जिल्ला मध्येपुरा सिघेस्वर थाना घर भएका  २१ बर्षका विट्टु शाह र सोही स्थान बस्ने १८ का राजा शाह  खोलामा डुवेर  मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु भएको मध्ये विट्टु साह दिउँसो रंगेली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । छट पर्वका लागि घाट बनाएर नुहाउन जाने क्रममा खोलामा पौडी खेल्न नजान्ने भएकाले उनीहरुको डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

राजा शाहले भने खोलाको ३० फिट मुनि बालुवामा गाडिएको अवस्थामा सशस्त्र प्रहरी कंकालिनी गडमा रहेको बिपत्त व्यवस्थापन उद्घारमा रहकेको गोता टोलीले साँझ ५ बजे खोलाबाट मृत अवस्थामा शव निकालेको थिए ।   

नेपाल प्रहरी र सशस्त्र प्रहरी स्थानीयको संयुक्तरूपमा खोजी कार्य जारी रहेको भएता पनि अहिलेसम्म फेला नपरे पछि कंकालिनी गणका टोलीले अक्सिजन सहित पानीमा पसेर शव निकालेको थियो। दुबैको शव रंगेली अस्पतालमा पोस्टमाटमका लागि राखिएको ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक अनमोल खड्काले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...