News Portal

  • भारतबाट पाहुना आएका दुई जना युवाको खोलामा डुवेर मृत्यु

    हिमालीसंचार संवाददाता
    २४९ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिका वडा नम्बर ६ भन्सार टोलमा रहेको सुरेश शाहको घरमा छट पर्वको मनाउनका लागि  भारत जिल्ला मध्येपुरा सिघेस्वर थाना घर भएका  २१ बर्षका विट्टु शाह र सोही स्थान बस्ने १८ का राजा शाह  खोलामा डुवेर  मृत्यु भएको प्रहरीले जनाएको छ।

    मृत्यु भएको मध्ये विट्टु साह दिउँसो रंगेली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । छट पर्वका लागि घाट बनाएर नुहाउन जाने क्रममा खोलामा पौडी खेल्न नजान्ने भएकाले उनीहरुको डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

    राजा शाहले भने खोलाको ३० फिट मुनि बालुवामा गाडिएको अवस्थामा सशस्त्र प्रहरी कंकालिनी गडमा रहेको बिपत्त व्यवस्थापन उद्घारमा रहकेको गोता टोलीले साँझ ५ बजे खोलाबाट मृत अवस्थामा शव निकालेको थिए ।   

    नेपाल प्रहरी र सशस्त्र प्रहरी स्थानीयको संयुक्तरूपमा खोजी कार्य जारी रहेको भएता पनि अहिलेसम्म फेला नपरे पछि कंकालिनी गणका टोलीले अक्सिजन सहित पानीमा पसेर शव निकालेको थियो। दुबैको शव रंगेली अस्पतालमा पोस्टमाटमका लागि राखिएको ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक अनमोल खड्काले बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रोनाल्डो–जर्जिनाको सम्बन्ध अब वैवाहिक बन्धनतर्फ

    काठमाडौं, साउन २७ – पोर्चुगिज फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो लामो समयकी प्रेमिका जर्जिना रोड्रिगेजसँग...

    राज्य व्यवस्था समितिका सभापति खतिवडाले राजीनामा दिने तयारी, कुलिङ अफ पिरियड विवादमा जिम्मेवारी पुष्टि

    काठमाडौं, साउन २७ — कुलिङ अफ पिरियड विवादमा छानबिन गर्न गठन गरिएको विशेष समितिको प्रतिवेदनले...

    भारतले थप २०० मेगावाट बिजुली आयात गर्ने अनुमति दियो

    काठमाडौं, साउन २७ — नेपाल र भारतबीच विद्युत् व्यापारमा नयाँ अध्याय खुलेको छ। भारत सरकारले...

    भक्तपुर गाईजात्रा उत्सवमा झडप, तीन जना पक्राउ

    भक्तपुर, साउन २७  — परम्परा र संस्कृतिको रंगीचंगी पर्व गाईजात्राको रौनक बीच आइतबार राति भक्तपुरको...

    कुलिङ पिरियड त्रुटि छानबिन प्रतिवेदन कार्यान्वयनबारे दलहरूसँग सभामुखको सक्रिय पहल

    काठमाडौं, साउन २७ – संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानमा देखिएको गम्भीर...